logo

फुडमाण्डको अनलाइन 'फुड फेस्टिभल’ आजदेखि सुरु

    2031   पटक पढिएको

२ माघ/अर्थ र व्यापार– अनलाइन फुड डेलिभरी प्ल्याटफर्म फुडमाण्डूले यो वर्षको अनलाइन फुड फेस्टिभल आजदेखि सुरु हुने भएको छ ।

फुडमाण्डूले अनलाइन प्ल्याटफर्म मार्फतसन् २०१७ देखि फुड फेस्टिभलको नियमितरुपमा आयोजना गर्दै आएको छ ।

पहिलो पटक पोखरामासमेत आयोजना हुने फेस्टिभलमा यसपटक काठमाडौंका ३० र पोखराका १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन् ।

कम्पनीले उत्कृष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जनसमेत प्रदान गर्नका लागि आयोजना गरिएको जानकारी दिएको छ ।

सात दिनसम्म सञ्चालन हुने अनलाइन फुड फेस्टिभलमा छुटमा खानेकुरा उपलब्ध हुने, अग्मेन्टेड रियालिटी गेम, पहिलो पटक लाइभ म्यूजिकको फिचर्स पनि थपेको छ ।

कम्पनीका मार्केटिङ एण्ड सेल्स म्यानेजर श्याम मालीले अनलाइन फुड फेस्टिभलमा आफ्ना ग्राहकहरुलाई  फुड अर्डर बिक्री गर्ने मात्र नभएर मनोरञ्जन लागि लाइभ म्यूजिक परफरमेन्स समेत हुने बताए ।
लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वलमान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष प्रस्तुती दिने छन् ।

कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिभलमा  मोबाइल एप्समार्फत् अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम ५०० सय रुपैयाँ बराबरको २५ प्रतिशतसम्मको छुट अफर दिनेछ । क्यूआरमार्फत् हुने भुक्तानीमा अतिरिक्त छुट हुने छ ।

अनलाइन फुड फेस्टिभलमा कम्पनीले १  रुपैयाँमा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ ।  गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त सकिने छ ।

फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना हुने छ । मिस्ट्री ब्यागमा  न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

फेस्टिभलमा सहभागी हुनका लागि फुडमान्डूको मोबाइल एप्लीकेशन मार्फत त्यसमा रहेको फेस्टिभल सेक्सनमा क्लिक गरेपछि एनिमेशन प्ले गरेर आफूले चाहेको खानेकुरा अर्डर गर्न तथा गेमहरु खेल्न सकिने छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।