logo

फेसबुक र ट्वीटरमार्फत हुने विज्ञापनमा पनि कर लगाउन निर्देशन

    2643   पटक पढिएको

४ भदौ/अर्थ र व्यापार– प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई करको दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले फेसबुक र ट्वीटर लगायतबाट सामाजिक सञ्जालबाट करोडौं रुपैंयाबाहिर गइरहेकोले उक्त पैसालाई करको दायरामा ल्याउन निर्देश दिइएको हो ।

समितिले इन्टरनेसनल टेलिकमले उपलब्ध गराएको स्पेस, रोयल्टी सम्बन्धी समस्या समाधानका विषयमा समितिलाई जानकारी गराउन सूचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ ।

दुरसञ्चार विकास कोषको उपलब्धी, ‘फोर जी’ बारेको उपलब्धी, विधुती कारोबार ऐनको कार्यन्वयन, बक्स अफिसको अवस्था बारे जानकारी गराउन सञ्चार मन्त्रालयलाई समितिले निर्देशन दिइएको छ ।

आजको बैठकमा सञ्चारमन्त्री गोकुल प्रसाद बासकोटाले मन्त्रालयको योजना र विवरणहरु प्रस्तुत गरेका थिए । उक्त विवरणमा नेपाल टेलिकममा नयाँ साझेदार ल्याउन लागिएको जनाइएको छ ।
   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।