logo

सोसल मिडिया कम्पनी फेसबुकद्वारा अब पत्रकारिताको क्षेत्रमा लगानी गरिने

    1747   पटक पढिएको

३ माघ /अर्थ र व्यापार - सोसल मिडिया कम्पनी फेसबुक अब पत्रकारिताको क्षेत्रमा लगानी गर्न गईरहेको छ । कम्पनीले आगामी ३ बर्षमा पत्रकारिताको क्षेत्रमा ३०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।  फेसबुकले आफ्नो कयौं प्रोजेक्ट्सका माध्यमबाट स्थानीय खबरलाई बढावा दिने बताइएको छ ।

खबरका अनुसार डिजिटल युगमा मानिसहरूले सहज रूपमा स्थानीय खबरको जानकारी पाइरहेका हुँदैनन । राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चाका विषयले मात्र समाचारमा बढी स्थान पाउने हुदाँ स्थानीय खबरलाई समेत बढावा दिनका लागि फेसबुकले उक्त कदम उठाउन लागेको हो ।

कम्पनीका ग्लोबल न्यूज पार्टनरशीपका उपाध्यक्ष कम्बेल ब्राउनका अनुसार, फेसबुकले यो लगानी समाचार कार्यक्र्रम, पार्टनरशीप र विषयबस्तुमाथि गर्नेछ । फेसबुकको यो कदमबाट ती अखबारहरूलाई फाइदा पुग्नेछ, जसको प्रचार संख्यामा लगातार कमी देखिइरहेको छ । फेसबुकले राष्ट्रिय खबरलाई आफ्नो प्लेटफर्ममा स्थान दिनुको सट्टा स्थानीय खबरलाई बढावा दिने बताएको छ ।

मानिसहरू आफ्नो स्थानीय खबर र मुद्दामा बढी चासो राख्ने र स्थानीय विषयबस्तु नै पढ्न रूचाउने भएकाले फेसबुकले यो कदम उठाउन लागेको हो । कम्पनीले टुडे इनको नामबाट एउटा नयाँ फीचर लन्च गरेको छ, जसमा प्रयोगकर्ताहरूलाई हराएका व्यक्ति, सडक बन्द, अपराध समाचार, स्कूल तथा कलेजसँग सम्बन्धित खबरहरू दिइरहेको छ । हाल यो फीचर केबल अमेरिका र अस्ट्रेलियामा सुरू गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।