logo

दाङको फोनसेवा १२ घण्टादेखि ठप्प

    1528   पटक पढिएको

 

६ मंसिर  / अर्थ र व्यापार - दाङको फोनसेवा १२ घण्टादेखि ठप्प रहेको छ । गएरातिदेखि दाङको टेलिफोन सेवा ठप्प रहेको हो । नमस्तेको मोबाईल र ल्याण्डलाईन फोन समेत बिग्रिएपछि दाङ जिल्ला सञ्चारविहीन बन्न पुगेको छ । त्यसैले जिल्लाको इमेल इन्टरनेट सेवा समेत प्रभावित बनेको छ । घोराही नजिकैको कटुवा खोलामा जमिनमुनी विच्छाइएको अप्टिकल फाईबर चुडिएको हुँदा गएराति सवा ११ बजेदेखि दाङको ल्याण्डलाईन फोन र नेपाल टेलिकमद्वारा सञ्चालिन सबै प्रकारको सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय राप्ती तुलसीपुरका प्रमुख बलराम जोशीले जानकारी दिए । तर, जिल्लामा एनसीएलको फोन भने सूचारु रहेको छ ।

तुलसीपुरको कार्यालयदेखि २७ किलोमिटर पूर्व कटुवाखोलामा अप्टिकल फाईबर चुडिएपछि फोन सेवा अवरुद्ध भएको र मर्मतका लागि प्राविधिकहरू बिहान ४ बजे नै खटाईसकेको कार्यालय प्रमुख जोशीले बताए । अप्टिकल फाईबर कसरी चुडिन पुग्यो? भन्ने बारेमा भने एकीनका साथ भन्न नसकिने उनले बताए । कटुवा खोलामा पुल निर्माण हुँदै आएकोले खन्ने क्रममा स्काभेटरले चुडाएको हुन सक्ने वा बुधबार जिल्ला बन्द आह्वान गरेको बिप्लव समूहले उक्त कार्य गरेको हुन सक्ने आशंका गरिएको छ । मर्मत कार्य जारी रहेकोले अबको केही घन्टामै सेवा पुनस्सञ्चालन हुने उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।