logo

माघ १९ र २० गते बैंकिङ एक्स्पो हुने

    1337   पटक पढिएको


३ माघ / अर्थ र व्यापार - काठमाडौं–माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । बुधबार काठमाडौँको बारेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो । 
नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र युवा स्वरोजगार कोषसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्न लागेको हो ।   

वित्तीय जागरण  राष्ट्रिय अभियान अन्तर्गत बैंकिङ एक्स्पो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत शम्भुनाथ ढुंगानाले वित्तीय साक्षरता, वित्तीय पहुँच र बीमा पहुँचमा मुलुक पछाडी परिरहेको अवस्थामा मिडिया इन्टरनेशनलले आयोजना गर्न लागेको एक्स्पोले वित्तीय सूचना प्रवाहमा ठूलो मद्दत पुर्याउने बताए । नेपाल राष्ट्र बैंकले २०६६।६७ सालदेखि नै नोटको जतन गर्नुपर्ने, हुण्डीको प्रयोग गर्न नहुने, बचत गर्ने बानी बसाल्नुपर्ने, बचत गरेको रकम बैंकिङ च्यानलमा राख्नुपर्ने लगायतका नाराहरु उठाउँदै आएको जानकारी दिँदै ढुंगानाले राष्ट्र बैंकको प्रयासलाई बैंकिङ एक्स्पोले थप सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।


बीमा समितिका निर्देशक राजुरमन पौडेलले बीमाको ८ प्रतिशतको दायरालाई फराकिलो बनाउन बीमा चेतनाको आवश्यकता रहेको भन्दै सो आवश्यकता पूरा गर्न बैंकिङ एक्स्पोले मद्दत पुर्याउने बताए । बीमालाई विक्री वस्तु नभई खरिद वस्तु बनाउनुपर्ने बताउँदै उनले बीमाको महत्व र आवश्यकताबारे सर्वसाधारणलाई बुझाउन बैंकिङ एक्स्पो महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य एवम् प्रभु बैंकका सीईओ अशोक शेरचनले अर्थतन्त्रलाई चलायमान बनाइराख्न कुनै एक संस्थाले मात्र नभएर बैंक, निजी क्षेत्र एवम् सरकारले समेत यस्तो जागरणमूलक कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने धारणा राखे । 

त्यस्तै, डेभलपमेन्ट बैैंकर्स संघका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैंकका सीईओ भरतराज ढकालले राष्ट्र बैंक र सरकारले गर्नुपर्ने वित्तीय जागरण कार्यक्रम मिडिया इन्टरनेशनलले गर्नु सराहनिय भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।