logo

माघ १९ र २० गते बैंकिङ एक्स्पो हुने

    1775   पटक पढिएको


३ माघ / अर्थ र व्यापार - काठमाडौं–माघ १९ र २० गते दोस्रो बैंकिङ एक्स्पो संचालन हुने भएको छ । बुधबार काठमाडौँको बारेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय क्षेत्रको सूचना मेलाको रुपमा दोस्रो बैंकिङ एक्स्पो २०१८ संचालन गर्न लागिएको जानकारी दिइयो । 
नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, माइक्रोफाइनान्स बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, बीमा समिति, नेपाल धितोपत्र बोर्ड र युवा स्वरोजगार कोषसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्न लागेको हो ।   

वित्तीय जागरण  राष्ट्रिय अभियान अन्तर्गत बैंकिङ एक्स्पो कार्यक्रमबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत शम्भुनाथ ढुंगानाले वित्तीय साक्षरता, वित्तीय पहुँच र बीमा पहुँचमा मुलुक पछाडी परिरहेको अवस्थामा मिडिया इन्टरनेशनलले आयोजना गर्न लागेको एक्स्पोले वित्तीय सूचना प्रवाहमा ठूलो मद्दत पुर्याउने बताए । नेपाल राष्ट्र बैंकले २०६६।६७ सालदेखि नै नोटको जतन गर्नुपर्ने, हुण्डीको प्रयोग गर्न नहुने, बचत गर्ने बानी बसाल्नुपर्ने, बचत गरेको रकम बैंकिङ च्यानलमा राख्नुपर्ने लगायतका नाराहरु उठाउँदै आएको जानकारी दिँदै ढुंगानाले राष्ट्र बैंकको प्रयासलाई बैंकिङ एक्स्पोले थप सहयोग पुर्याउनेमा विश्वास व्यक्त गरे ।


बीमा समितिका निर्देशक राजुरमन पौडेलले बीमाको ८ प्रतिशतको दायरालाई फराकिलो बनाउन बीमा चेतनाको आवश्यकता रहेको भन्दै सो आवश्यकता पूरा गर्न बैंकिङ एक्स्पोले मद्दत पुर्याउने बताए । बीमालाई विक्री वस्तु नभई खरिद वस्तु बनाउनुपर्ने बताउँदै उनले बीमाको महत्व र आवश्यकताबारे सर्वसाधारणलाई बुझाउन बैंकिङ एक्स्पो महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । नेपाल बैंकर्स संघका कार्यसमिति सदस्य एवम् प्रभु बैंकका सीईओ अशोक शेरचनले अर्थतन्त्रलाई चलायमान बनाइराख्न कुनै एक संस्थाले मात्र नभएर बैंक, निजी क्षेत्र एवम् सरकारले समेत यस्तो जागरणमूलक कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने धारणा राखे । 

त्यस्तै, डेभलपमेन्ट बैैंकर्स संघका अध्यक्ष एवम् मुक्तिनाथ विकास बैंकका सीईओ भरतराज ढकालले राष्ट्र बैंक र सरकारले गर्नुपर्ने वित्तीय जागरण कार्यक्रम मिडिया इन्टरनेशनलले गर्नु सराहनिय भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।