logo

नेपालमा गरिबी झनै बढ्यो, २८.६ प्रतिशत नेपाली गरिबीको रेखामुनि,

    2013   पटक पढिएको


 
६ पुष / अर्थ र व्यापार - काठमाडौं। सरकारले पहिलोपटक बहुआयमिक गरिबी सूचकांक (एमपिआई) पद्धतिबाट गरिएको अध्ययनले २८.६ प्रतिशत नेपाली गरिब रहेको देखाएको छ । ‘नेपाल बहुआयमिक गरिबी सूचकांक–२०१८’ ले यो तथ्यांक देखाएको हो । सरकारले राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको संस्था ओपिएचआईसँग सहकार्य गरी सन् २०१४ मा राष्ट्रिय सर्वेक्षण गरेको थियो । एमपिआई पद्धतिअन्तर्गत विभिन्न १० वटा सूचकलाई मुख्य आधार बनाएर टगरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांक आयोगले बुधबार सार्वजनिक गरेको हो ।  
सूचकांकअनुसार सन् २००६ देखि २०१४ को अवधिमा मुलुकको गरिबी आधा घटेको छ । राष्ट्रिय गरिबी निवारणमा यसलाई ठूलो उपलब्धीको रुपमा लिनुपर्ने सरोकारवालाको भनाइ छ । ‘२००६ मा ५९ प्रतिशत रहेको गरिबी २०१४ मा २९ प्रतिशतमा झरेको छ,’ ओपिएचआईकी निर्देशक सबिना अल्किरेले भनिन्, ‘राष्ट्रिय गरिबी निवारणमा यो नाटकीय र उत्साहजनक उपलब्धि हो ।’ उनले नेपालको यस उपलब्धिले परिवर्तन सम्भव मात्र नभइ तीव्र पनि हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताइन् । यही गतिमा अगाडि बढे नेपालले तय गरेको दिगो विकास लक्ष्यमा पुग्न सम्भव हुने निर्देशक अल्किरेको भनाइ छ । सरकारले तय गरेको दिगो विकास लक्ष्य (एसडिजी) मा सन् २०३० सम्म गरिबी पाँच प्रतिशतभन्दा तल झार्ने उल्लेख छ । यो अवधिसम्म प्रतिव्यक्ति आय दुई हजार पाँच सय डलर पु¥याई नेपाललाई मध्यमस्तरको आय हुने मुलुक बनाउने एसडिजीको लक्ष्य छ । 


यसअघि आम्दानीका आधारमा गरिएको सर्वेक्षणबाट २१.६ प्रतिशत नेपाली गरिब रहेको देखाइएको थियो । यसले गरिबीको बहुआयमिक पक्षलाई समेट्न नसक्ने योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले बताए । ‘धेरै विषयको मापन कुल गार्हस्थ उत्पादनकै आधारमा गर्ने प्रचलन छ तर, सन् १९९० बाट मानव विकास सूचकांक सुरु भयोे,’ उनले भने, ‘अहिले एमपिआई आएको छ । यस पद्धतिमा शिक्षा, स्वास्थ्य र जीवनस्तरलाई मुल आधार बनाएर १० वटा सूचकको बहुआयमिक विश्लेषण गरिन्छ । यसले जरासम्म पुगेर तथ्य पहिचान गर्ने काम गर्छ ।’ उनले मौद्रिक तथा गैरमौद्रिक दृष्टिबाट गरिबी घटाउने कार्यको गति प्रभावकारी देखिए पनि पोषण र शिक्षा क्षेत्रमा चुनौतीपूर्ण रहेको बताए । प्रदेश २ र ६ मा आधा जनसंख्या गरिब सूचकांकले प्रादेशिक रुपमा बहुआयमिक गरिबीको अवस्थामा ठूलो भिन्नता देखाद्धको छ । प्रदेश ६ मा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात ५१.२ प्रतिशत जनसंख्या बहुआयमिक गरिब रहेको तथ्यांक छ । सो तथ्यांकले मुलुकको सात वटा प्रदेशमध्ये प्रदेश ६ को अवस्था निकै कमजोर रहेको देखाउँछ । यसपछि प्रदेश २ को अवस्था कमजोर देखिन्छ । यस प्रदेशमा कुल जनसंख्याको करिब आधा अर्थात ४७.९ प्रतिशत बहुआयमिक गरिब रहेको तथ्यांक छ । 
प्रदेश २ र ६ को तथ्यांकको ठीक उल्टो प्रदेश ३ र ४ मा भने बहुआयमिक गरिब १५ प्रतिशतभन्दा कम रहेको छ । सूचकांकमा प्रदेश ३ मा १२.२ प्रतिशत र प्रदेश ४ मा १४.२ प्रतिशत बहुआयमिक गरिब रहेको उल्लेख छ । त्यसैगरी, प्रदेश ७ मा ३३.६ प्रतिशत, प्रदेश ५ मा २९.९ प्रतिशत र प्रदेश १ मा १९.७ प्रतिशत गरिब रहेको प्रतिवेदनले देखाएको छ ।
प्रदेशअनुसार गरिबको सूचकांक पनि फरक–फरक देखिएको छ । सूचकांकले ०–९ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहमा परेको देखाएको छ । जसमा ४१.६ प्रतिशत बालबालिका बहुआयमिक गरिबीमा रहेको देखिन्छ ।   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।