logo

नेपाल टेलिकमबाट २० अर्बभन्दा बढी मौज्दात बाहिरिंदै, आयको अरु स्रोत खोज्न मन्त्रीको निर्देशन

    1046   पटक पढिएको

२२ माघ/अर्थ र व्यापार – नेपाल टेलिकमको २५ वर्षे लाइसेन्स अवधि आगामी २८ वैशाखमा सकिने भएकाले यो वर्ष नवीकरण शुल्कबापत ठूलो रकम कम्पनीको नगद मौज्दातबाट बाहिरिने अवस्था आएको सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले बताएकी छिन्।
सोमबार टेलिकमको २०औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन । उनले नगद मौज्दात घट्ने भएकाले आम्दानी बढाउने स्रोत खोज्न टेलिकमले काम गर्नुपर्नेमा जोड दिइन्।
यसकासाथै निक्षेपको निरन्तर घट्दो ब्याजदरले कम्पनीको ब्याज आम्दानीमा समेत ठूलो गिरावट आउने भन्दै सचेत रहन आग्रह गरिन्। उनले टेलिकमको घट्दो व्यापारलाई सही ढंगले सम्बोधन गर्न सरकार सहजीकरण गर्न तयार रहेको बताइन्।
मन्त्री शर्माले दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीतिगत र प्रशासनिक दुवै काम अघि बढाएको जानकारी दिइन्। उनले लाइसेन्स खारेज भएका कम्पनीको सम्पत्ति व्यवस्थापनगर्ने कानुन संशोधनदेखि एनसेलको सेयर खरिदविक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरेको बताइन्।
यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले टेलिकमको अनुमतिपत्रको २५ वर्षे समयसीमा सकिएपछि के गर्ने भन्ने विषयमा छलफल गरिरहेको बताए ।
‘केही दिनमा नै प्राधिकरणले थप जानकारी सार्वजनिक गर्नेछ। २१०० मेगाहर्जको फ्रिक्वेन्सीको लिलामी बढाबढपछि कायम भएको दस्तुर भुक्तानी सम्बन्धमा सरकारले फ्रिक्वेन्सी नीति २०७३ मा स्पष्टरुपमा उल्लेख गरेको छ। नीति मान्नु सबैको दायित्व हो,’ अधिकारीले भने, ‘नवीकरण दस्तुर २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँको सम्बन्धमा सेवा प्रदायकहरुको गुनासो रहेको छ। यसैको कारण आधारभूत टेलिकम अपरेटरहरुको अस्तित्व जोगाइराख्न कठिन हुने देखिएको छ।’
उनले अपरेटरहरुलाई महँगो नवीकरण शुल्कबाट जोगाउन प्राधिकरणले एकमुष्ठ रकमको साटो आम्दानीको निश्चित प्रतिशत नवीकरण दस्तुर कायम गर्नुपर्ने रायसहितको सिफारिस सरकारलाई दिइसकेको बताए ।
उनले प्राधिकरणको सञ्चालक समितिले त्यस विषयमा निर्णय गरिसकेकाले दूरसञ्चार ऐन २०५३ मा सोअनुरुप आवश्यक संशोधन गर्न सरकारसमक्ष पेस भइसकेको जानकारी दिए।
उनले टेलिकमको ग्राहक संख्या निरन्तर बढ्ने तर, आम्दानी भने खुम्चिंदै गइरहेको विषयमा आवश्यक खोजी गर्नुपर्ने बताए । प्राधिकरणले यही समस्या निराकरण गर्न टेरामक्स प्रविधि सञ्चालन गर्न खोजेपनि विवादका कारण काम रोकिएको उनले जानकारी दिए ।
यसैगरी, उनले फाइभजी परीक्षणका लागि प्राधिकरणले एक वर्षका लागि टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराइएको भएपनि लक्ष्यअनुरुप काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।