logo

पाँच करोड रुपैयाँमा विक्री भयो एप्पलको पहिलो कम्प्युटर

    1533   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार – अमेरिकाको प्रविधिजन्य उपकरणहरु तथा इलेक्ट्रोनिक सामान उत्पादक कम्पनी एप्पलले पहिलो पटक उत्पादन गरेको एक कम्प्युटर पाँच करोड रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भएको छ । एप्पलले सबैभन्दा पहिले सन् १९७६ मा निर्माण गरी बजारमा ल्याएका एप्पल वान कम्प्युटर मध्ये चालु हालतमा रहेको सो कम्प्युटर गत मंगलबार लिलामी मार्फत् चारलाख डलर ( पाँच करोड रुपैयाँ भन्दाबढी ) मा बिक्री भएको हो ।
अमेरिकाको क्यालिफोर्नियास्थित जोन मोरान लिलामघरले लिलामीमा राखेको सो कम्प्युटरको मूल्य ६ लाख डलर पर्ने अपेक्षा गरिएकोमा ५ लाख डलर मात्रै परेको हो ।

एप्पल वान कम्प्युटरसँगै एप्पल वान एनटीआई मदरबोर्ड, काठको खोलमा राखिएको एप्पल क्यासेट एडाप्टर, डाटानेटिक्स किबोर्ड रेभ डी, १९८६ प्यानासोनिक भिडियो मनिटर, एप्पल वान कनेक्टिंग केवल र विजुलीमा जोड्ने तार लगायतका सामानहरू लिलामीमा राखिएको छ । यसैगरि, सो सामानसँगै एप्पल वानको बेसिन म्यानुअल, एप्पल वान अपरेसन्स गाइड, प्रोग्रामिङ म्यानुअल तथा दुईवटा एप्पल वान सफ्टवेयर क्यासेट टेपपनि रहेका छन् ।
सो एप्पल वान कम्प्युटर एप्पलका एकजना संस्थापक स्टिभ वज्नियाकले डिजाइन गरी अर्का संस्थापक स्टिभ जब्सले पाटपुर्जा जडान र परीक्षण गरेका थिए । हाल लिलामीमा राखिएको एप्पल वान कम्प्युटर हालसम्म दुईपटक मात्र खरीद बिक्री भएको पाइएको छ । पहिलोपटक इलेक्ट्रोनिक्सका एकजना प्राध्यापकले बजारबाट खरीद गरेको सो कम्प्युटर सन् १९७७ मा एक विद्यार्थीलाई बिक्री गरेका थिए । 
ती विद्यार्थीले त्यसबेला सो कम्प्युटरलाई ६५० अमेरिकी डलरमा खरीद गरेका थिए । सो कम्प्युटरलाई हालै यो क्षेत्रका दिग्गज विज्ञहरूबाट मूल्यांक, परीक्षण तथा मर्मत लगायतका काम गरी त्यसलाई पूर्णरुपमा चालु हालतमा रहेको प्रमाणित गरिएको थियो ।

विश्वमा हालसम्म कोआ काठबाट बनेका एप्पल वानका खोल केवल ६ वटा मात्र अस्तित्वमा छन् । हाल बनविनासका कारण कोआ वनस्पती नासिएर यो काठ दुर्लभ तथा महँगो बनेको छ ।
एप्पलले आफ्नो पहिलो उत्पादनको रुपमा २ सय वटा एप्पल वान कम्प्युटर निर्माण गरेको थियो, जसमध्ये १७५ वटा बिक्री भएका थिए । ती मध्ये करीब २० वटा अझै पनि चालू हालतमा रहेको अनुमान गरिएको छ । ती मध्ये ५० वटा कम्प्युटर क्यालिफोर्नियास्थित बाइटसप नामक पसलका मालिक पाउल टेरेलले खरीद गरेका थिए । 
स्मरणरहोस् सन् २०१३ मा जर्मनीमा भएको लिलामीमा एउटा एप्पल वान कम्प्युटर ६ लाख ७१ हजार डलरमा बिक्री भएको थियो । उक्त कम्प्युटरसँगै एप्पल संस्थापक स्टिभ जब्सको पत्र पनि बिक्री गरिएको थियो । त्यस्तै सन् २०१४ मा अमेरिकाको न्युयोर्कमा एप्पल वान कम्प्युटर ९ लाख पाँच हजार डलरमा बिक्री भएको थियो ।
स्टिभ जब्स, स्टिभ वज्नियाक र रोनाल्ड वाइनेले सन् १९७६ को अप्रिल एकमा क्यालिफोर्नियास्थित घरको ग्यारेजमा एप्पल कम्पनीको स्थापना गरेका थिए ।
एप्पल वानको उत्पादन गर्नका लागि पैसा जुटाउन जब्सले आफ्नो माइक्रोबस बिक्री गरेका थिए भने वज्नियाकले ५०० डलरमा आफ्ना एचपी ६५ क्याल्कुलेटर बिक्री गरेका थिए ।
एप्पल वान कम्प्युटरको बजार मूल्य त्यतिबेला ६६६ डलर ६६ सेन्ट तोकिएको थियो ।
‘यो समाचार बीबीसीको सहयोगमा तयार पारिएको हो ’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।