logo

भिटोफ नेपालले कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउने

    2186   पटक पढिएको

फागुन ८ / अर्थ र व्यापार- मकवानपुरको थाहा नगरपालिका १, कुन्छाल गाउँलाईं पर्यटकिय गन्तव्य बनाउन सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । गत आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) ले आयोजना गरेको ‘कुन्छाल गाउँ अवलोकन भ्रमणमा उपस्थित सरोकारवालाहरुले सो प्रतिबद्धता जाहेर गरेका हुन् । गोपालीहरुको मौलिक परम्परामा पर्यटक रमाउने उनको विश्वास थियो । विश्व पर्यटन दिवसको अवसरमा सन् २०१७ को पर्यटकीय गाउँको रुपमा घोषणा भएको कुन्छाल गाउँमा करिब २ सय परिवार गोपालीहरु बसोबास छ । गोपालीहरुको आफ्नै भाषा र मौलिकता रहेको छ ।


कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष राम सापकोटा ‘कमल’ले मकवानपुरको थाहा नगरपालिका ‘थाहा’ अभियानता रुपचन्द्र विष्टको कारण ऐतिहासिक रुपले चिनिएको बताए । ‘विश्व पर्यटन दिवसको अवसरमा हामीले कुन्छाल गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गरेका हौँ, यो काठमाडौं बाट चन्द्रागीरि नजिकै रहेको होमस्टे ट्रेकिङको सम्भावना बोकेको क्षेत्र हो,’–सापकोटाले भने । होमस्टेका लागि ठूलो लगानी गर्नु नपर्ने बताउँदै उनले आफूसँग जे छ त्यही सफा पूर्वक पर्यटकलाई खुवाउँदा पर्यटक आकर्षित हुने र प्रशस्त आम्दानी गर्न सकिने बताए ।

नेपालमा सगरमाथा र बुद्धको माध्यम बाट मात्रै होइन अन्य माध्यमबाट पनि पर्यटक आकर्षण गर्न सकिने र पर्यटनको माध्यमबाट नै जीवनस्तर उकास्न सकिने सापकोटाले वताए । कार्यक्रममा ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले कुन्छाल गाउँ आफूले सोचेको भन्दा निकै सन्दर पाएको बताए । ‘ कुन्छाल गाउँले  थुप्रै संभावना बोकेको र इतिहास, कृषि, प्राकृतिक सुन्दरता, सांस्कृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउन सक्छ,’दाहालले भने । होमस्टेका लागि पूर्वाधार विकासको तालिम दिनुपर्ने भन्दै उनले पर्यटन बोर्ड, टान लगायत पर्यटन सम्बद्ध संस्थाले सहयोग गर्नुपर्ने वताए ।

थाहा नगरपालिकाका मेयर लभेश्वर विष्टले आफूहरुले पर्यटनलाई थाहा नगरपालिकाको प्रमुख आधारको रुपमा विकास गर्ने बताए । ‘कृषि पर्यटन र पूर्वाधार थाहा नगरको पूर्वाधार भन्ने हाम्रो नगरपालीकाको नारा नै छ,’ उनले भने,‘प्रचार प्रसारको कमीले कुन्छाल गाउँ पछाडी परेको हो ।’ उनले राजधानी काठमाडौंको उकुशमुकुशपूर्ण जीवन विताइरहेकाहरु लाई एक दिन कुन्छाल र चित्लाङ ल्याउन सकिने बताए । जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले कुन्छालबासी अत्यन्तै मिलेर बसेको र यहाँको पर्यटकीय विकास गर्न आफूले सक्दो पहल गर्ने बताए । उनले आफूहरु पूर्वाधार विकास गर्ने योजनामा रहेको बताए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले कुन्छाल गाउँलाई बोर्डले सन् २०११ देखि पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको बताए । उनले थाहा नगरपालिकाको उत्तरी क्षेत्र रहेकाले चित्लाङमा आउने पर्यटक कुन्छाल गाउँ अवश्य आउने बताउँदै होमस्टे ट्रेकिङ ट्रेलको सम्भावना औँल्याए ।

कुन्छाल गाउँ होमस्टे समितिका अध्यक्ष सानुकाजी गोपालीले कुन्छाल गाउँमा तरकारी खेती हुने र गाउँमै बचार रहेको बताए । कुन्छाल गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको टोली फागुन ५ र ६ गते दुई दिनसम्म कुन्छाल गाउँमा बसेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।