logo

सञ्चयकर्ता शेयरधनीहरुलाई माथिल्लो तामाकोशीद्वारा साधारण शेयरको डिम्याट गर्न निर्देशन 

    1432   पटक पढिएको

२ माघ /अर्थ र व्यापार - माथिल्लो तामाकोशीले सञ्चयकर्ता शेयरधनीहरुलाई साधारण शेयरको अभौतिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ । कम्पनीले तीन वर्ष अगाडि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुको लागि २ करोड ५४ लाख १६ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो ।

तीन वर्ष अगाडि प्राथमिक शेयर निष्काशन गर्दा डिम्याट गर्ने प्रणाली थिएन । साथै कम्पनीले तीन वर्षसम्म लकिङ पिरियड तोकेको थियो । लकिङ पिरियड सकिएको हुँदा सञ्चयकर्ताले दोस्रो बजारमा कारोबार गर्न पाउने भएका हुन् । दोस्रो बजारमा कारोबार गर्नका लागि सबै भन्दा पहिला शेयर प्रमाणपत्रलाई अभौतिकरण गर्नुपर्ने भएकोले आफ्नो शेयर प्रमाणपत्रलाई डिम्याट गर्न कम्पनीले सूचना जारी गरेको हो ।

डिम्याट गर्नको लागि सबैभन्दा पहिला हितग्राही (डिम्याट) खाता खोल्नु पर्ने हुन्छ । हितग्राही खाता भएको संस्थामा गएर सञ्चयकर्ताहरुले आफ्नो शेयर प्रमाणपत्र डिम्याट गर्न सक्ने छन् । डिम्याट भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।
कम्पनीले शेयर रजिष्ट्रारको रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । शेयर प्रमाणपत्र नलिएका सञ्चयकर्ताले सनराइज क्यापिटल कमलपोखरीमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले नेपाल स्टक एक्चेन्जमा १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर सूचीकृत गरी कारोबार सुरु गरिसकेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।