logo

अर्थमन्त्री डा. खतिवडाद्वारा गठित मुद्रा र शेयर बजारबारे अध्ययन टोलीले पर्सि देखि काम सुरु गर्ने

    1453   पटक पढिएको

२१ मंसिर /अर्थ र व्यापार - मुद्रा र शेयर बजारका बारेमा अध्ययन गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार गठन गरेको उच्चस्तरीय टोलीले आइतबारबाट मात्र काम थाल्ने भएको छ । शुक्रबार मात्र टोलीले पत्र पाएकाले आइतबारबाट औपचारिक काम थाल्ने भएको हो ।

यद्यपी टोली गठन लगत्तै त्यसका सदस्यहरुले ब्यक्तिगत पहलमा बाहिरका सरोकारवालाहरुसँग सुझाब माग्न भने थालिसकेका छन् । समितिको संयोजक राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई बनाइएको छ । यसमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, शेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थमन्त्रालयका सहसचिव छन् ।

बैंकहरुले निक्षेपको ब्याज दर मनपरी बढाएलगत्तै शेयर बजार उच्च अंकले झरेपछि अर्थमन्त्री खतिवडाले समस्या समाधानका लागि इनिसिएसन लिएका थिए । उनले दीर्घकालिन समाधान खोज्नका लागि अध्ययन टोली बनाएका हुन् । टोलीले शेयर बजारको बिकासका साथै लगानी प्रबर्द्धन, मुद्रा बजार र बन्ड मार्केटका बारेमा पनि अध्ययन गरेर सुझाब दिनेछ । टोलीलाई सात दिनको समय दिइएको छ । टोलीले दिएको सुझाबका आधारमा अर्थमन्त्रालयले उपयुक्त निर्णय गर्ने छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।