logo

आज रैराङ हाइड्रोको आइपीओमा आवेदन गर्ने अन्तिम दिन

    2298   पटक पढिएको

८ असार / अर्थ र व्यापार - रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित पाँचथर र ताप्लेजुङका स्थानीयबासीका लागि निष्काशन गरेको साधारण सेयरमा आवेदन गर्ने विहीबार अन्तिम दिन हो । कम्पनीले गत जेठ २५ गतेदेखि स्थानियका लागि एक सय रुपैयाँ अंकित दरको पाँच लाख ६० हजार कित्ता आइपीओ जारी गरेको थियो ।

 रैराङले जारी गरेको पाँच लाख ६० हजार कित्ता साधारण सेयर मध्ये दुई लाख २४ हजार कित्ता सेयर आयोजनाबाट प्रत्यक्ष प्रभावित हुने पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई छुट्याईएको छ । त्यस्तै तीन लाख ३६ हजार कित्ता सेयरमा भने पाँचथर द्दघर ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

स्थानीय बासीन्दाले साधारण सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम २८ सय कित्तासम्म आवेदन गर्न पाउनेछन् ।     कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा सिभिल बैंकको पाँचथरको साविक थर्पु गाविसको मेदिबुङ बजार र फिदिम शाखा बाट आवेदन गर्न सक्नेछन् ।

त्यस्तै माछापुच्छ्रे बैंकको फिदिम शाखा, एनआइसी एशिया बैंकको फिदिम शाखा, एनएमबि बैंकको फिदिम शाखा र ताप्लेजुङको फुङलिङ शाखाबाट समेत आईपीओमा आवेदन गर्न सक्नेछन् । हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ । कम्पनीले स्थानीयका लागि जारी गरिएको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा १५ प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता सेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्नेछ ।

रैराङले निर्माण गरीरहेको पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाबाट आगामी माघसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । इवाखोला जलविद्युत आयोजनामा २५ प्रतिशत बराबरको १४ लाख कित्ता सेयर रिडी हाइड्रोपावरको नाममा रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।