logo

बिहीबार सेयरबजारमा ८.१९ अंकको गिरावट

    1612   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार – साताको अन्तिम दिन बिहीबारको सेयरबजारमा नेप्से परिसूचक घटेको छ भने कारोबार रकममा सामान्य सुधार आएको छ । वित्त र उत्पादन समूहका बाहेक सबै समूहका सूचक नकारात्मक रहेपछि सेयरबजार ओरालो लागेको हो ।

बिहीबार नेप्से ८.१९ अंकले घटेर १६५३.५३ अंकमा झरको छ । १६१ कम्पनीको कारोबार भएको बजारमा ९२ करोड ७९ लाख बराबरको सेयर किनबेच भयो । बुधबारको तुलनामा कारोबार रकम एक करोड बढी हो ।

यसदिन नागरिक लगानीकोषको सबैभन्दा धेरै ६ करोड ६४ लाख बराबरको सेयर किनबेच भयो । कोषको भदौ १६ गते हुने साधारणसभाको लागि भोलिदेखि बुक क्लोज हुने भएपछि कारोबार उच्च भएको हो । कोषले २१.८५ प्रतिशत बोनस प्रस्ताव गरको छ । त्यस्तै स्ट्याण्र्डड चार्टर्ड बैंकको पनि ४ करोड ६० लाख बढीको कारोबार भयो । नेपाल लाइफको पनि ३ करोड ८० लाख बराबरको कारोबार भयो ।

बिहीबार प्रोगेशिभ फाइनान्सको सेयरमूल्य सबैभन्दा बढी ९ प्रतिशतले बढेको छ । ग्रिन डेभलपमेन्ट, सिनर्जी फाइनान्स तथा मिर्मिरेमाइक्रो फाइनान्स लगायतको सेयरमूल्य बढेको छ ।

यसदिन कुवेर मर्चेन्ट फाइनान्सको सबैभन्दा बढी झण्डै दश प्रतिशतले घटेको छ । लक्ष्मी भ्यालु फण्ड एक, वल्र्ड मर्चेन्ट फाइनान्स,ललितपुर फाइनान्स तथा श्री इन्भेष्मेन्ट फाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।