logo

बिहीबार सेयर बजारमा १.६३ अंकको गिरावट

    1871   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – बिहीबारको सेयर बजारमा उतारचढाव आएको छ । साताको अन्तिम दिन शेयर बजार घटेको छ । हिजोअस्तिको कारोबार रकमको तुलनामा बिहीबार घटेको छ । कारोबार खुल्दा १६३७ अंकमा रहेको परिसूचक करिब साँढे एक घण्टामा १६४० अंकमा पुगेको थियो । त्यसपछि घट्दै बढ्दै करिब २ बजे १६३३ अंकमा पुगेको थियो । अन्त्यमा बजार बन्द हुँदा नेप्से १६३५ अंकमा पुगेको छ । समग्रमाः बिहीबारको नेप्से परिसूचक बुधबारको तुलनामा एक दशमलब ६३ अंकले घटेर १६३५ अंकमा पुगेको छ ।

बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । बुधबार एक अर्ब १८ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ९६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब २२ करोड रुपैयाँ घटि हो । बिहीबार १५५ कम्पनीको १७ लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा चार समूहको परिसूचक हरिया भएका छन् भने बाँकी चार समूहको परिसूचक रात्ताम्मे भएका छन् । होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक क्रमशः १६, ११, ५ र ३ अंकले ओरालो लागेका छन् । त्यस्तै, बीमा, उत्पादनमूलक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ७७, १३, १ र ०.५८ अंकले उकालो लागेका छन् ।

आज सबैभन्दा बढि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको छ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । उपसूचक मिस्रित देखिएका छन् । आठ समुहको कारोबार भएकोमा चार समुहको बढेको छ भने चार समुहमा गिरावट देखिएको छ । आज सबैभन्दा बढी हाम्रो बिकास बैंकका शेयरधनीले कमाएका छन् । बैंकका शेयरधनीले करिब १० प्रतिशत कमाएका हुन् । सबैभन्दा बढि सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।