logo

बिहीबार शेयर बजार ४.८० अंकले बढ्यो

    2071   पटक पढिएको

८ असार / अर्थ र व्यापार - साताको अन्तिम दिन बिहीबार शेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार मापक सूचकसँगै कारवबार रकममा पनि सुधार आएको छ । प्रभु बैंकको संस्थापक शेयर खरीद बिक्रीले कारोबार रकमलाई उकासेको हो । बैकिङ सुचकमा आएको बृद्धिले नेप्सेलाई उचालेको हो । ४.८० अंकको बढोत्तरीसँगै नेप्से सूचक १५५९.४९ अंकमा पुगेको छ । 
 
१५५३.३१ अंक बाट सुरु भएको बजार पौने एक बजे १५६५ अंकसम्म उक्लिएको थियो । त्यसपछि बजारले आफ्नो गति फेर्यो । अन्त्यमा बजार १५५९.४९ अंकमा खुम्चिएको हो ।ढर
 
बिहीबार १३९ कम्पनीका १५ लाख ७७ हजार कित्ता शेयर ६७ करोड १८ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । आज सबैभन्दा बढि प्रभु बैंकको संस्थापक सेयर खरीदबिक्री भएको छ । १९० रुपैयाँ प्रति कित्ताका दरले १४ करोड १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । यसपछि एभरेष्ट बैंक चार करोड १५ लाख रुपैयाँको किनबेच भएको छ ।घत्तेडढ
 
आठ समुहको कारोबारमा सात समुहमा वृद्धि देखिएको छ भने बीमा ३३.७५ अंकले घटेको छ । बैंक ६.०१, होटल १९.८६, बिकास बैंक ११.३६, जलबिद्युत १२.७३, फाइनान्स ३.८४, उत्पादनमुलक ३.४९ र अन्य ०.२९ अंकले बढेको छ ।
 
युनाइटेड फाइनान्सका शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत कमाएका छन् भने सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत गुमाएका छन्।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।