logo

तीन कम्पनीको साढे ४० करोड रुपैयाँको सेयर किनबेच, झन्डै २ अर्बको कारोबार, १९ अंकले बढ्यो बजार

    1788   पटक पढिएको

४ फागुन / अर्थ र व्यापार - सुरुवातमा निक्कै सुस्त देखिएको सेयर बजारमा आधा दिन पुगेपछि एकाएक चमक फर्किएको छ। सूचक मात्र उक्लिएको छैन, कारोबार रकम पनि झन्डै दुई अर्ब पुगेको छ। 

हिमालयन ड्रिस्ट्रिलरी, शिवम् सिमेन्ट र नेपाल लाइफ इन्स्योरेन्सको कारोबार चम्किएपछि समग्र कारोबार रकम एक अर्ब ९७ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सूद्बक पनि १९ अंकले बढेर १३६३.९७ अंकमा उक्लिएको छ। 
दिनभरीमा १७६ कम्पनीको कारोबार भएकोमा तीन कम्पनीको मात्र ४० करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। तीन साताअघिसम्म उच्च कारोबार हुँदै आएको हिमालयन ड्रिस्ट्रिलरीको बीचमा कारोबार लगभग बन्द जस्तै थियो।

आइतबार भने एकैपटक १८ करोड ४ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको सेयर मूल्य १४२९ रुपैयाँ पुगेको छ। यसपछि शिवम्को १३ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। पछिल्ला केही सातादेखि शिवम्को कारोबारमा निक्कै उत्साह देखिएको छ। नेपाल लाइफको ९ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

बजारमा शिवम्, अपी पावर, सूर्या लाइफ, सिभिल बैंकको सेयरको आपूर्ति बढि देखिए पनि सक्रिय लगानीकर्ता हिमालयन ड्रिस्ट्रिलरी, शिवम् सिमेन्ट, सूर्य लाइप र नेपाल लाइफकै लगानीकर्ता थिए। बजारमा माग भने नेपाल बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, मेगा बैंकलगायतका थियो।

फाइनान्स, अन्य र सामूहिक लगानी कोष सूचकबाहेक सबै हरियो भएका छन्। खासगरी जीवन बीमा सूचक ३९८.६९ अंकले उक्लिएको छ भने निर्जीवन बीमा ४१६.७९ अंकले बढेको छ। बैंकिङको बृद्धि भने ५ अंकको मात्र छ। 

बढ्दो बजारबाट राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स, ङ्गादी ग्रुप पावर, नेपाल हाइड्रो र राष्ट्रिय बीमा कम्पनीका लगानिकर्ताले सर्वा्धिक नौ प्रतिशतमाथि कमाएका छन्। बढि गुमाउनेमा नबिल ब्यालेन्स फण्ड २, सेट्रल फाइनान्स लगायत छन्। आइतबार ११७ कम्पनीले कमाए भने ४४ वटाले गुमाएका छन्। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।