logo

यो साता सेयरबजारमा सामान्य गिरावट

    1768   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – यस साता शेयर बजारमा सूचक र कारोबार रकम दुबै घटेको छ । कारोबारमा आएका अधिकाशं उपसूचकमा गिरावट आउँदा नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक घटेको हो । यस साता सूचक पहिलो दिनको तुलनामा ११.५२ अंकले घटेर १६५३.५३ अंकमा ओर्लिएको छ । यसैगरी ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०८ अंकले घटेर ३४७.०३ अंकमा ओर्लिएको छ ।

यस साता नौ समूहको कारोबार भएको थियो । कारोबारमा आएका बित्त, होटल र अन्य बढेका छन् भने ब्यापार समूहमा कुनै फेरबदल भएन । बाँकी सबै उपसूचक घटेको छ । वाणिज्य बैंक १६.९१, विकास बैंक २०.७९, जलबिद्युत २५.६५, बीमा ४.४६ र उत्पादनमुलक १६.२४ अंकले घटेको छ । वित्त ११.३१, होटल १६.५४ अंकले बढेको छ। यस साता शेयर बजारमा १६८ कम्पनीका शेयरहरु खरिद बिक्री भए । ३४ हजार सात सय ७३ कारोबारमा तीन अर्ब ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरका २१ लाख तीन हजार पाँच सय ८० कित्ता शेयर खरिद बिक्री भएका हुन् ।

कारोबार रकम गत साताको भन्दा २७.३० प्रतिशत कम हो । साताभर बजार घटेको भएपनि गएको एक महिनामा बजार ६५.९६ अंकले बढेको थियो । गएको महिना छोटो समयकालागि नाफा गर्ने उदेश्य राखेर शेयर खरिद गरेका लगानीकर्ताले नाफा बुक गर्न बिक्री चाप बढाउँदा बजार घटेको हो ।

बजारमा तरलता समस्या केही हदसम्म लचक भएकोले आगामी दिनमा बजारमा सुधार हुने संभावना रहेको छ ।  बजारमा आठ अर्बको पूँजी वृद्धि हुँदा थपिएको शेयरलाई बजारले स्वीकार गर्नुले पनि बजारमा यो स्थिती देखिएको हो । बैंक, बीमा, जलविद्युतका शेयर नेप्सेमा लगातार थपिएका छन् र यो अनुपातलाई हेर्ने हो भने बजज्ञछार निक्कै घट्नु पर्थ्यो तर बजारमा थपिएका नयाँ लगानीकर्ता र रकमले बजारलाई स्टेबल बनाउन सहयोग गरेको छ ।

यस साता कारोबार रकमको आधारमा नागरिक लगानी कोषको सबैभन्दा बढी शेयर कारोबार भयो । कारोबार रकमको आधारमा नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार भएको छ । यस साता नेप्सेको कारोबर कक्ष नियमित कारोबारकालागि चार दिन खुला भयो ।

यस साता सूचीकरणतर्फ जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकको बोनस शेयर र हिमालयन पावर पार्टनरको साधारण शेयर नेप्सेको कारोबार कक्षमा सुचिकृत भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।