logo

शेयर बजार साढे १३ सय अंक नजिक, १४ महिनायताकै उच्च बिन्दुमा शेयर बजार पुग्यो 

    1273   पटक पढिएको

५ माघ÷अर्थ र व्यापार - बैंकिङ तरलता घट्दै गएपनि शेयर बजारमा भने उछाल देखिएको छ। तरलताका कारण बढिरहेको भनिएको बजारमा आइतबार करिव ३४ अंकले उछाल आएको हो।

दिनभरीमा २ अर्ब ९ करोड रुपैयाँको शेयर कारोबार भएको छ। ५३ अर्बको तरलता २६ अर्बमा झरिसकेको छ र अभाबका कारण अल्पकालिन ब्याज बढ्न थालेको छ। पछिल्लो दुई साता शेयर बजार निरन्तर बढिरहेकाले त्यसको ’लय’ समात्दै आइतबार फराकिलो अन्तरले छलाङ मारेको विश्लेषकहरु बताउँछन्।

बैंकिङ तरलताबाहेक बजारले साढे १३ सय अंकलाई छुनुको अर्को कारण अर्थमन्त्रीकै बहिर्गमन रहेको बुझाइ छ। पूर्वमाओवादीबाट सभामुख नियुक्त हुने र अर्थमन्त्रीमा डा. युवराज खतिवडाको बिकल्प खोजिएको हल्ला चलाइएको छ। यसले गर्दा पूँजी बजार उकास्नु पर्छ भन्ने चाहना भएको अर्थमन्त्री आउने विश्लेषण पनि लगानीकर्ताको छ।

बीचमा ३२ अंक पुगेको बजार २० अंकमा आइसकेको थियो। नेकपाले सभामुख टुङ्गो लगाएपछि फेरि उक्लिन थालेको थियो। शेयर बजारमा १४ महिनायताकै उच्च बृद्धि हो। 

केही विश्लेषकले भने आगामी एकरदुई दिन बजार अझ उचालिएर त्यसपछि ’करेक्सन’ सुरु हुने बताएका छन्। केही दिनमै बजार डेढ सय अंकमाथि उक्लिएकाले अब केही करेक्सन हुने उनीहरुको विश्लेषण हो। 

बजार बृद्धिसँगै लगानीकर्ताको उत्साह पनि बढेको छ। दिनभरीमा सुचक ३४ अंकले बढेर १३ सय ४४ अंकमा पुगेको छ। १५१ कम्पनीका शेयर मूल्य बढेका छन् भने २० वटाको घटेको छ।

नेपाल बैंकको शेयरमा सर्बा्धित माग थियो। दिनभरीमा १ लाख ४७ हजार ४९९ कित्ता शेयर माग भएको थियो। बैंकको शेयर ६९ हजार ६१५ कित्ता आपूर्ती भएको छ। यसमछि धेरै माग हुनेमा मेगा बैंकको १ लाख ३२ हजार ९२१ कित्ता शेयर छ। आपूर्तिमा दोस्रो प्रभु बैंकको ६० हजार ३३५ कित्ता शेयर भएको छ।

सबैभन्दा बढिको शेयर हिमालयन ड्रिस्ट्रिलरीको शेयर किनबेच भएको छ। कम्पनीको १३ सय रुपैयाँका दरले १२ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कम्पनीका संस्थापकहरुले नै शेयर बेचेको ब्रोकरहरुले बताएका छन्। यसपछि शिभम् सिमेन्टको १० करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ब्यापार बाहेक सबै सुचक उक्लिएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।