logo

तरलता अभावको प्रभाव सेयर बजारको कारोबार रकममा देखिन थाल्यो

    1659   पटक पढिएको

२३ माघ÷अर्थ र व्यापार - तरलता अभावको प्रभाव सेयर बजारमा देखिन थालेको छ। बिस्तारै कारोबार रकममा गिरावट आउन थालेको छ। बिहीबार अर्बमाथिका सेयर किनबेच भएपनि विगतको तुलनामा कारोबार रकम निरन्तर घटिरहेको छ।

बजार ८.६७ अंकले घटेको छ भने कारोबार रकम एक अर्ब ३ करोड रुपैयाँमा खुम्चिएको छ। १७५ वटा कम्पनीको सेयर किनबेच भएकोमा ३० वटाको मात्र मूल्य बढेको छ। १२३ वटा कम्पनीको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार अहिले बजारमा ३० अर्ब हाराहारी तरलता छ। यसमध्ये १० अर्ब राष्ट्र बैंकले उपलब्ध गराएको पैसा हो। यो झिक्ने हो भने बजारमा २० अर्ब मात्र तरलता छ। तरलता कम हुँदै गएपछि बजारमा कारोबार रकम घट्दै गएको हो।

उत्पादन तथा प्रशोधन र जीवन बीमा कम्पनीबाहेक सबै उपसूचक ओरालो लागेका छन्। बैंकिङ समूह साढे ८ अंकले घटेको छ। 

साताको अन्तिम कारोबार दिन प्रभु बैंक, गुँरास लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमइ बैंकमा लगानीकर्ता सक्रिय देखिएका थिए। बजारमा सेयरको माग भने सिभिल बैंक, नेपाल बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ बैंक र एनसिसी बैंकको धेरै थियो।

सिभिलको माग एक लाख ५ हजार ३६३ कित्ता हुँदा आपूर्ति भने ८९ हजार ८४७ कित्ता मात्र थियो। यसपछि बढि आपूर्ति सेञ्चुरी बैंकको ५० हजार ७८० कित्ता भएको थियो। मागभन्दा आपूर्ति कम हुँदासमेत सिभिल बैंकको सेयर मूल्य ३.७२ प्रतिशतले घटेको छ।

ग्रिन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको सेयर १० प्रतिशतका दरले बढेको छ। नेपाल फाइनान्सको सेयर साढे ९ प्रतिशतले घटेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।