logo

आइतबार सेयरबजारमा ३४.८९ अंकको गिरावट

    1465   पटक पढिएको

२६ भदौ / अर्थ र व्यापार – साताको पहिलो दिन आइतबारको सेयरबजार २.२४ प्रतिशतले घटेको छ । नेप्सेमा सूचिकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेर साधारणसभा आह्वान गरि रहँदा बजारमा झन ठूलो पहिरो चलेको छ । तर कतिपय लगानीकर्ताले बजार घटेकै मौकामा सेयर खरिदको क्रम बढाउँदा कारोबार रकम भने उत्साहजनक देखिएको छ ।

आइतबारसम्म सेयरबजारमा सूचिकृत करिब तीन दर्जन कम्पनीले लाभांश घोषणा गरिसकेका छन भने आधा दर्जन बढीले साधारणसभा नै बोलाई सकेका छन् । तर यहि अवस्थामा सेयरबजारमा भने सेयर बिक्रीको चाप अधिक परेको छ । जसका कारण कम्पनीहरुको सेयरमूल्य घट्दा समग्र बजार उच्च अंकले घट्न पुग्यो । 

आइतबार नेप्से ३४.८९ अंकले घटेर १५१९.६६ अंकमा पुगेको छ । यसदिन १५८ कम्पनीको ९२ करोड ४२ लाख बराबरको कारोबार भयो । कारोबार रकम गत विहीबारको तुलनामा १९ करोड बढी हो । कारोबारमा आएका सबै समूहका सूचक घटेपछि बजार राताम्मे भएको छ । कुल १५ लाख ५७ हजार ३८३ कित्ता सेयर किनबेच भएका छन् ।

बजार झरेपनि १२ कम्पनीको सेयर मूल्य भने बढेको छ । समता, निर्धनजस्ता संस्थाको सेयर मूल्य झरेको हो । १० प्रतिशतले छिमेक लघुवित्तको सेयर मूल्य झरेको छ । जेनरल फाइनान्सको ८ प्रतिशत र हाम्रो विकास बैंकको करिव ८ प्रतिशतले सेयर मूल्य झरेको छ । 

यसदिन निर्धन उत्थान विकास बैंकको दश करोड ६७ लाख बराबरको कारोबार भयो । ६७ प्रतिशत बोनस घोषणा गरेपछि बैंकको कारोबार उच्च भएको हो । जसको सेयरमूल्य समेत चार प्रतिशतले बढेको छ । समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै पाँच प्रतिशतले कमाए । छिमेक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै दश प्रतिशतले गुमाएका छन् ।
 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।