logo

आइतबार सेयरबजारमा ०.१९ अंकको गिरावट

    1414   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – साताको पहिलो दिनको सेयरबजारमा नेप्से परिसूचक झिनो अंकले घटेको छ भने कारोबार रकममा बढोत्तरी आएको छ । वाणिज्य बैंक समूहमा दोहोरो अंकको गिरावट आएपछि नेप्से नकारात्मक रह्यो भने बीमा समूह उचालिएपछि कारोबार रकममा बढोत्तरी आएको छ ।

खुल्ने वित्तिकै देखि तीब्र उतार चढाव देखिएको शेयर बजार न्यूैन अंकको गिरावटसँगै बन्द भएको छ । आइतबार नेप्से ०.१९ अंकले घटेर १६३५.५६ विन्दुमा पुगेको छ । १५१ कम्पनीको कारोबार भएको बजारमा १५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब चार करोड बराबरमा किनबेच भए । गत विहीबारको तुलनामा कारोबार रकम ८ करोड बढी हो ।

कारोबारमा तीब्र उतार चढाव देखिए पनि ठूलो अंकले तलमाथि भने बजार पुगेन । खुलेको ३० मिनेटमा ४ अंकले बढेको बजार १२ः४० मा एक अंकले घटेको थियो । त्यसपछि आधा घण्टा बजार स्थिर रह्यो । २ बजे १६४० अंकमा पुगेको बजार त्यसपछि क्रमशः ओर्लिएर बन्द भएको हो । ठूलो उतार चढाव नआए पनि कारोबार रकमले भने आइतबार पनि अर्ब रुपैयाँ नाघेको छ । गत साताका पाँचै दिन कारोबार रकमले एक अर्ब रुपैयाँ नाघेको थियो ।

बीमा कम्पनीहरुको ५२ करोड ८८ लाख बराबरको सेयर किनबेच भयो । बीमा समूहको सूचक सबैभन्दा धेरै २७५ अंकले बढेर ९२६८ अंक पुगेको छ ।  १४ अंकले घटेको वाणिज्य बैंक समूहमा भने २४ करोड बराबरको सेयर किनबेच भएको छ । यसदिन उच्च कारोबार गर्ने कम्पनीको सूचीमा बीमा कम्पनीहरुकै बाहुल्यता देखिएको छ ।

सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाईफको ६ करोड ८३ लाख बराबरको कारोबार भयो । नेको इन्स्योरेन्सको पनि करिब पाँच करोड बराबरको सेयर किनबेच भएको छ । सानिमामाई हाइड्रो र प्रभु इन्स्योरेन्सको पनि साढे चार करोड बढीको कारोबार भयो। 

होटल, विकास बैंक, बीमा र उत्पादनमूलक उपसूचकमा सामान्य बृद्धि भए पनि बैंक, जलविद्युत, फाइनान्स र अन्य कम्पनी उपसूचकले आइतबार बजारलाई हरियो हुन दिएनन् । सबैभन्दा धेरै बैंक ०.९८ प्रतिशतले घटेको छ । यस्तै बीमा उपसूचक ३.०६ प्रतिशतले घटेको छ ।

आइतबार हाम्रो विकास बैंकका शेयरधनीले झन्डै १० प्रतिशत कमाए । यस्तै कुबेर मर्चेन्ट फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सको पनि ९ प्रतिशत बढिले मूल्य बढेको छ । रिलायवल फाइनान्स र रिडी हाइड्रोपावरका शेयरधनीले चार प्रतिशत बढि गुमाए । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।