logo

आइतबार सेयरबजारमा ०.१९ अंकको गिरावट

    1301   पटक पढिएको

८ साउन / अर्थ र व्यापार – साताको पहिलो दिनको सेयरबजारमा नेप्से परिसूचक झिनो अंकले घटेको छ भने कारोबार रकममा बढोत्तरी आएको छ । वाणिज्य बैंक समूहमा दोहोरो अंकको गिरावट आएपछि नेप्से नकारात्मक रह्यो भने बीमा समूह उचालिएपछि कारोबार रकममा बढोत्तरी आएको छ ।

खुल्ने वित्तिकै देखि तीब्र उतार चढाव देखिएको शेयर बजार न्यूैन अंकको गिरावटसँगै बन्द भएको छ । आइतबार नेप्से ०.१९ अंकले घटेर १६३५.५६ विन्दुमा पुगेको छ । १५१ कम्पनीको कारोबार भएको बजारमा १५ लाख ४१ हजार कित्ता सेयर एक अर्ब चार करोड बराबरमा किनबेच भए । गत विहीबारको तुलनामा कारोबार रकम ८ करोड बढी हो ।

कारोबारमा तीब्र उतार चढाव देखिए पनि ठूलो अंकले तलमाथि भने बजार पुगेन । खुलेको ३० मिनेटमा ४ अंकले बढेको बजार १२ः४० मा एक अंकले घटेको थियो । त्यसपछि आधा घण्टा बजार स्थिर रह्यो । २ बजे १६४० अंकमा पुगेको बजार त्यसपछि क्रमशः ओर्लिएर बन्द भएको हो । ठूलो उतार चढाव नआए पनि कारोबार रकमले भने आइतबार पनि अर्ब रुपैयाँ नाघेको छ । गत साताका पाँचै दिन कारोबार रकमले एक अर्ब रुपैयाँ नाघेको थियो ।

बीमा कम्पनीहरुको ५२ करोड ८८ लाख बराबरको सेयर किनबेच भयो । बीमा समूहको सूचक सबैभन्दा धेरै २७५ अंकले बढेर ९२६८ अंक पुगेको छ ।  १४ अंकले घटेको वाणिज्य बैंक समूहमा भने २४ करोड बराबरको सेयर किनबेच भएको छ । यसदिन उच्च कारोबार गर्ने कम्पनीको सूचीमा बीमा कम्पनीहरुकै बाहुल्यता देखिएको छ ।

सबैभन्दा धेरै कारोबार गर्ने नेपाल लाईफको ६ करोड ८३ लाख बराबरको कारोबार भयो । नेको इन्स्योरेन्सको पनि करिब पाँच करोड बराबरको सेयर किनबेच भएको छ । सानिमामाई हाइड्रो र प्रभु इन्स्योरेन्सको पनि साढे चार करोड बढीको कारोबार भयो। 

होटल, विकास बैंक, बीमा र उत्पादनमूलक उपसूचकमा सामान्य बृद्धि भए पनि बैंक, जलविद्युत, फाइनान्स र अन्य कम्पनी उपसूचकले आइतबार बजारलाई हरियो हुन दिएनन् । सबैभन्दा धेरै बैंक ०.९८ प्रतिशतले घटेको छ । यस्तै बीमा उपसूचक ३.०६ प्रतिशतले घटेको छ ।

आइतबार हाम्रो विकास बैंकका शेयरधनीले झन्डै १० प्रतिशत कमाए । यस्तै कुबेर मर्चेन्ट फाइनान्स र हिमालयन जनरल इन्स्योरेन्सको पनि ९ प्रतिशत बढिले मूल्य बढेको छ । रिलायवल फाइनान्स र रिडी हाइड्रोपावरका शेयरधनीले चार प्रतिशत बढि गुमाए । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।