logo

बोर्डका अध्यक्षलाई शेयर बजारको स्वागत, नेप्से १६ अंकले बढ्यो, एक अर्ब बढी कारोबार

    1557   पटक पढिएको

२२ पुष / अर्थ र व्यापार - धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानालाई शेयर बजारले स्वागत गरेको छ । पूँजी बजारको नियामक निकाय, बोर्डले शेयर बजारका विज्ञलाई अध्यक्षको रुपमा पाएपछि त्यसको सकारात्मक प्रभाव मंगलबारको शेयर बजारमा परेको हो ।

कारोबार शुरु भएदेखि नै उकालो लागेको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा उल्लेख्य सुधार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १६.२३ अंकले उकालो लागेर १२१६.९२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशतले बढेको हो भने गत चार महिना यताकै उच्चतम बिन्दु हो ।

मंगलबार मात्रै एक अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जुन गत सात महिना यताकै उच्च कारोबार हो । गत जेठ १६ गतेको बजारमा करिब डेढ अर्ब रुपैयाँ बराबरको शेयर किनेबेच भएको थियो । मंगलबारको कारोबार रकम सोमबारको तुलनामा करिब २६ करोड रुपैयाँ बढी कारोबार भएको हो । गत सोमबार कूल ८४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

कूल १७९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको शेयर किनबेच भएको छ । बैंकको एकैदिन १९ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । माछापुच्छ्रे बैंकसँगै अधिकांश वाणिज्य बैंकको शेयर कारोबारमा सुधार देखिएको छ । बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश सुरक्षित गरी शेयर बिक्री गर्न थालेपछि उनीहरुको कारोबार रकममा वृद्धि भएको हो ।

बढी कारोबार गर्नेको टप टेन लिष्टमा माछापुच्छ्रे सहित ७ वटा वाणिज्य बैंक रहेका छन् । जसमा एनआईसी एशिया, प्रभु, नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक, एनएमबि, सिद्धार्थ र सानिमा बैंक रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।