logo

शिवम सिमेन्टको शेयर बुधबार बाँडफाँड गरिने

    1696   पटक पढिएको

२० फागुन /अर्थ र व्यापार - शिवम सिमेन्टको आईपिओ बुधबार बाँडफाँड हुने भएको छ । शिवमले सर्वसाधारणलाई निष्काशन गरेको ४१ लाख २० हजार कित्ता र स्थानीय आयोजना प्रभावित मकवनपुरवासीलाई निष्काशन गरेको ५ लाख ७९ हजार ६४० कित्ता शेयर बुधबार विहान बाँडफाँड हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको शेयरमा सर्वसाधारण तर्फ ५१ हजार ८८२ आबेदनबाट ५१ लाख ८९ हजार ५६० कित्ताका लागि आवेदन परेको छ । यस्तै स्थानीय तर्फ १ हजार ८९७ जनाले ४ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका छन् । स्थानीय तर्फ आवश्यक आबेदन नपरेपनि बाँकी शेयर सर्वसाधारणलाई वितरण गर्ने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सर्वसाधारणमा अंकित मूल्य एक सय रूपैयाँमा २०० प्रिमियम सहित प्रतिकित्ता ३०० रूपैयाँका दरले ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यसैगरि स्थानीयतर्फ मकवानपुरबासीका लागि कम्पनीले अंकित मूल्य एक सय रूपैयाँमा १०० प्रिमियम सहित प्रतिकित्ता २०० रूपैयाँका दरले ५ लाख ७९ हजार ६४० कित्ता शेयर निष्काशन गरेको हो ।

शिवम् सिमेन्टले फागुन ६ गते देखि वास्तविक कम्पनीको रूपमा सिमेन्ट उद्योगको रूपमा पहिलो पटक प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।