logo

शिवमको सेयरले बढायो कारोबार रकम, दिनभरीमा ९३ करोडको किनबेच, ४.२८ अंकले बढ्यो बजार

    1647   पटक पढिएको

२७ माघ / अर्थ र व्यापार - शिवम् सिमेन्टको सेयरमा लगानीकर्ता आकर्षित हुँदा समग्र कारोबार रकम सुधार देखिएको छ। दिनभरीमा १७५ कम्पनीको सेयर ९३ करोड २० लाख रुपैयाँमा किनबेच भएकोमा शिवम् एक्लैको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ। 

शिवमको सेयर मूल्य पनि ४.२१ प्रतिशत अर्थात प्रतिकित्ता २२ रुपैयाँले बढेर ५४४ रुपैयाँ पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार सबैभन्दा बढि शिवमका लगानीकर्ता सक्रिय देखिएका थिए। शिवमको ९६६ पटक किनबेच भएको छ। जबकी दोस्रो सक्रिय लगानीकर्ता ग्लोबल आइएमइको ३०५ पटक मात्र कारोबार भएको छ।

शिवमको १ लाख १५ हजार ५२१ कित्ता सेयरको माग थियो भने आपूर्ति ६५ हजार ९५३ कित्ता भएको थियो। 

सुरुवातमा केही रातो देखिएको सेयर सूचक ४.२८ अंकले बढेर बन्द भएको छ। सूचक १३२४.२६ अंकमा बन्द भएको छ। सूचक १३३० अंक हाराहारीसम्म पुगेको थियो।

जलविद्युत, फाइनान्स, जीवन बीमा र सामूहिक लगानी कोष कम्पनीका सूचक रातो भएका छन्। बाँकी जम्मै सुचक हरियो भएको छ। बैंकिङ सूचक एक अंकभन्दा कमले बढेको छ। निर्जीवन बीमा कम्पनी, लघुवित्त र उत्पादन तथा प्रशोधन कम्पनीको सूचकले बजारलाई माथि लगेको हो। 

सिभिल लघुवित्तको सर्वा्धिक ८ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको कन्भर्टिवल सेयर ७.३६ प्रतिशतले घटेको छ। यसपछि सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य घटेको छ। दिनभरीमा ५७ कम्पनीको सेयर मूल्य घट्यो भने १०० वटाको बढेको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।