logo

साताको पहिलो दिन शेयर बजार पुन घट्यो, ११ लाख ६३ हजार कित्ता शेयर ३७ करोड २९ लाख रुपैयाँमा कारोबार

    1527   पटक पढिएको

२९ पुस /अर्थ र व्यापार - कारोबारमा आएका धेरैजसो उपसूचक घटेपछि साताको पहिलो दिन आइतबार शेयर बजार पून घटेको छ । कारोबारमा आएका १० समूहमा आठ समूहको उपसूचक घटेपछि अघिल्लो र गत साताको झैँ यस सातापनि शेयर बजारको साप्ताहिक कारोबारको सुरुवात घटेर भएको छ । गएको दुई सातादेखि साताको पहिलो दिन आइतबार शेयर बजार घट्दै आएकोमा यस सातापनि सोही क्रमले निरन्तरता पाएको हो । 

आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.७८ अङ्कले घटेर ११७५.०५ अंकमा ओर्लिएको छ । सेन्सेटिभ सूचक १.२३ अंकले घटेर २४९.४२ अंकमा ओर्लिएको छ । आइतबार कारोबारको सुरु देखिनै शेयर बजार घटेको थियो । कारोबारको पहिलो दुईघण्टा बजारमा सामान्य गिरावट देखिएको भएपनि तेस्रो घण्टामा समेत गिरावटले निरन्तरता पाउँदा सूचक थप खस्कियो। अन्तिम आधा घण्टामा बजार केही सम्हालिन खोजेको भएपनि त्यसले निरन्तरता पाउन सकेन र अन्तमा बजार पाँच अंक खुम्चिँदै बन्द भएको हो । बजार उकालो लाग्छ भन्ने पूर्ण आत्मविश्वास लगानीकर्तामा नहुँदा शेयर बजार घटेको नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले बताए । 

ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् भने साना लगानीकर्ताले अल्पकालीन कारोबारलाई बढी प्राथमिकता दिँदा शेयर बजारले एउटा निश्चित लय समात्न नसकेको ढकालको भनाई छ। बजारमा ब्याजदर, तरलता र आपूर्तिले लगानीकर्ताको मनोबल उठ्न नदिएको ढकालको भनाइ छ । आइतबार १५८ कम्पनीका ११ लाख ६३ हजार कित्ता शेयर ३७ करोड २९ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दाबढी नेपाल बैंकको ११ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

उपसूचक मिश्रित देखिएका छन् । १० समूहको कारोबारमा दुई समूह बढेका छन् भने अरू सबै उपसूचक घटेका छन् । सबैभन्दाबढी निर्जीवन बीमा समूह १.२६ प्रतिशतले घटेको छ । अन्य ०.३९ प्रतिशतले बढ्यो । वोमि माइक्रोफाइनान्सका शेयरधनीले करिब १० प्रतिशत कमाए । भार्गव विकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।

   


 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।