logo

यो साता सेयर बजारको खराब प्रदर्शन 

    1598   पटक पढिएको

९ भदौ / अर्थ र व्यापार – यस साता नेप्से परिसूचकको रेखाले डबल बटम अर्थात अंग्रजी अक्षरको डब्लु आकृती बनाएको छ । आइतबार १६१७ मा रहेको नेप्से परिसूचकले सातामा दुई पटक १६११ मा टेवा पाएर पुनः १६१७ विन्दुमा आएको छ । रेखाचित्रलाई ध्यान दिएर हेर्ने हो भने यसले डब्लु आकृति बनाएको छ ।

डब्लु आकृती बन्दा बजार बढ्ने र एम आकृती बन्दा बजार घट्ने विश्लेषण गरिन्छ । नेप्से विहीवार आइपुगेको १६१७.७५ को विन्दु ‘ब्रेक इभन प्वाइन्ट’को रुपमा रहेको छ । अर्थात यो विन्दुमा नेप्सेले प्रतिरोधको सामना गर्छ । यो बिन्दु कटेमा नेप्से केही समयसम्म बढ्ने अनुमान गरिन्छ ।

यद्यपी नेप्सेको लागि १६२९ मै पनि दरिलो प्रतिरोध आउन सक्छ । साउन ३१ र भदौं १ गते नेप्से यो विन्दुमा रहेको थियो । सो समय यो बिन्दुमा टेवा परिषण गरिरहेको नेप्से असफल भएर घटेको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७५ कम्पनीहरुको कारोबार भएको छ । यस अनुसार ४० हजारभन्दा बढि कारोबारबाट ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सातामा १ अर्ब ४८ लाख सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८.४५ प्रतिशत बढी हो । गत साता १ सय ७८ कम्पनीहरुको सेयर किनबेच भएर ३ अर्ब पाँच करोड ६७ लाख ६२ हजार रुपैयाँको कारोबार भएको थियो ।
सातागत रुपमा नेप्से परिसूचक गत विहीवारको तुलनामा यस साताको विहीबार १२ अंकले घटेर अन्तिम दिन १६१७.८१ अंकमा आइपुगेको हो ।

यस साता कारोबार रकम (१९ करोड ७५ लाख ८० हजार रुपैयाँ) को आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (३६ लाख २३ हजार इकाई) को आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अगाडी छ । त्यसैगरी कारोबार संख्या (११८८९ वटा) को आधारमा हिमालयन पावर पार्टनर लिमिटेड पहिलो भएको छ ।

यस साता बजारमा एकै दिन ७ ब्रोकर कम्पनीले एक दिन कारोबार गर्न पाएनन् । यसले पनि बजारको कारोबारमा प्रभाव परेको थियो । धितोपत्र बोर्डलाई बुझाउनु पर्ने नविकरण शुल्क नबुझाएको कारण उनीहरुको कारोबार एक दिन रोकेको थियो भने शुल्क बुझाएपछि कारोबार खुला गरिएको थियो ।

यस सातामा पहिलो कारोबारको लागि नै १ हजार ६ सय २५ सम्म मूल्य पाएको माहुली लघुवित्तको कारोबार भने हुन सकेन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।