logo

शेयर बजारमा सामान्य सुधार, ३.२८ अंकले बढेर ११६५.९७ अंकमा उक्लियो

    1521   पटक पढिएको

५ पुस/ अर्थ र व्यापार  - ठूलो संख्यामा नियमित रुपमा शेयर कारोबार गर्नेहरुले घटेका बेला किनेको शेयर फेरी महङ्गोमा धमाधम सामान्य लगानीकर्तालाई बिक्री गर्न थालेका छन् । जसका कारण मंगलबारदेखि बजार ओरालो लागेकोमा बिहीबार केही सुधार देखिएको हो ।

बिहीबार बजार ३.२८ अंकले बढेर ११६५.९७ अंकमा उक्लिएको छ । १६३ कम्पनीका १२ लाख ५ हजार ९१४ कित्ता शेयरहरु ४ हजार ८ सय ७८ कारोबारबाट ४० करोड ११ लाख रुपैंयामा किनबेच भएका छन् । कारोबार चक्रमा कारोबारीहरुले प्रत्येक पटक सस्तोमा शेयर किनेर भाउ केही बढ्ना साथ बिक्रीमा ल्याउने गरेका कारण केही दिनको अन्तरमा नै बजारमा असामान्य उतारचढाव देखिने गरेको हो ।

५ रुपैंयाले मात्र भाउ बढेपछि शेयर बेच्न दौडिने जमातको चाल बुझ्न नसक्दा कतिपय लगानीकर्ताहरु हरेक पटक माथिल्लो मूल्यमा शेयर किनिरहेका छन् । उता तिनै कारोबारीहरुले मूल्य केही तल आउना साथ फेरी धमाधम माथिल्लो मूल्यमा शेयर किनेकाहरुबाट सस्तोमा शेयर किनिरहेका छन् । जसका कारण बजार केही बढ्न खोजेजस्तो देखिए पनि बिक्री चाप आईहाल्नाले लगानीकर्ताहरु बजारको गतिप्रति अन्यौलमा परिरहेका छन् । बिहीबार कारोबारमा आएका १० उपसमुह मध्ये ६ उपसमुह उकालो लागेका छन् भने ४ उपसमुह ओरालो लागेका छन् । वाणिज्य बैंक समुहमा आएको ३.२८ अंकको सुधारले नै बजार सुधारमा निर्णयक भूमिका खेलेको छ ।

बिहीबार लगानीकर्ताहरु वाणिज्य बैंकको शेयर कारोबारमा बढी सक्रिय भएका छन् । कारोबार रकमका आधारमा शिर्ष १० स्थानमा वाणिज्य बैंकहरुको मात्र हिस्सा परेको छ । एनएमबि, नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट, प्राईम कमर्शियल, एनआईशि एशिया लगायत बैंकहरुको अधिक शेयर कारोबार भएको छ । शेयर मूल्य धेरै बढ्ने शिर्ष १० कम्पनीको सूचीमा एउटा वाणिज्य बैंक बाहेक अधिकांश साना तथा मझौला कम्पनीको वर्चस्व देखिएको छ । धेरै शेयरमूल्य घट्ने कम्पनीहरुको सूचीमा पनि फाइनान्स, लघुवित्त र विकास बैंकहरुको दवदबा रहेको छ ।

वाणिज्य बैंकहरुको व्याजद।रका विषयमा चौतर्फी रुपमा बहस र चर्चा चल्दै गर्दा कतिपय लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।