logo

दिनभरीको शेयर कारोबार तलमाथि हुँदा आइतबार बन्द भएको सूचकमा गणना, लगानीकर्ता अलमलमा

    1328   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्जको वेव साइटमा देखिएको समस्याले कारोबारको सूचकमा समस्या देखिएको छ । आइतबार नेप्से सूचक ११७५.०५ अंकमा रोकिएकोमा सोमबार कारोबार सुरु हुँदा ११८३.२० अंकबाट सुरु भएको देखिएको छ । दिनभरीको कारोबार तलमाथि हुँदा भने आइतबार बन्द भएको सूचकमा गणना गरिएको छ । यसले गर्दा दिनभरी नै लगानीकर्ता अलमलमा परेका छन् ।

अपर तामाकोशीको दोस्रो दिनको कारोबारमा शेयर मूल्य ५० प्रतिशतले बढेको देखाएको छ । जवकी कम्पनीको बजार मूल्य १० प्रतिशत भन्दा बढाएर वा घटाएर कारोबार गर्न मिल्दैन । नियमभन्दा बाहिर गएर कारोबार भएपछि नेपाल स्टक एक्सचेनले उक्त कारोबारलाई रद्द गरेको छ ।  कारोबार रद्द भएको जनाए पनि प्रणालीबाट यो कारोबारलाई हटाइएको छैन । यसले गर्दा नेप्सेको तथ्याङ्क नै गतल देखिएको छ । नेप्सेको वेव साइटको इन्टरफेसमा देखिएको समस्याले गर्दा वास्तविक सूचक नेदेखिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । साइटमा देखिएको समस्या समाधान गर्ने काम भइरहेको उनले बताए ।

सोमबार नेपाल बैंक र नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । नेपाल बैंकको ४ करोड ७२ लाख र कोषको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । दिनभरीमा कुल २६ करोड ८१ लाखको किनबेच भएको छ । नेप्सेले डिस्प्लेमा बजार करिव १२ अंकले बढेको देखाएको छ । तर दुई अंकसम्म मात्र बजार बढेको ग्राफमा देखिन्छ । नागरिक लगानी कोषको पूँजी ८ अर्ब पुर्याउने गरी ऐन संशोधन हुन लागेको खबरले बजार मूल्य १० प्रतिशत हाराहारीले बढेको छ । प्रति कित्ता २३७ रुपैयाँले मूल्य बढेको छ ।

जनउत्थान सामूदायिक लघुवित्तको शेयर मूल्य पनि करिव १० प्रतिशतले बढेर २५८ रुपैयाँले उक्लिएको छ । सिटि एक्सप्रेस फाइनान्सको पनि ९ प्रतिशतले मूल्य उक्लिएको छ । बोनस शेयर दिएका कारण मूल्य समायोजन हुँदा बैंक अफ काठमाण्डूको शेयरको भाउ पाँच प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।