logo

दिनभरीको शेयर कारोबार तलमाथि हुँदा आइतबार बन्द भएको सूचकमा गणना, लगानीकर्ता अलमलमा

    1242   पटक पढिएको

३० पुस/ अर्थ र व्यापार - नेपाल स्टक एक्सचेन्जको वेव साइटमा देखिएको समस्याले कारोबारको सूचकमा समस्या देखिएको छ । आइतबार नेप्से सूचक ११७५.०५ अंकमा रोकिएकोमा सोमबार कारोबार सुरु हुँदा ११८३.२० अंकबाट सुरु भएको देखिएको छ । दिनभरीको कारोबार तलमाथि हुँदा भने आइतबार बन्द भएको सूचकमा गणना गरिएको छ । यसले गर्दा दिनभरी नै लगानीकर्ता अलमलमा परेका छन् ।

अपर तामाकोशीको दोस्रो दिनको कारोबारमा शेयर मूल्य ५० प्रतिशतले बढेको देखाएको छ । जवकी कम्पनीको बजार मूल्य १० प्रतिशत भन्दा बढाएर वा घटाएर कारोबार गर्न मिल्दैन । नियमभन्दा बाहिर गएर कारोबार भएपछि नेपाल स्टक एक्सचेनले उक्त कारोबारलाई रद्द गरेको छ ।  कारोबार रद्द भएको जनाए पनि प्रणालीबाट यो कारोबारलाई हटाइएको छैन । यसले गर्दा नेप्सेको तथ्याङ्क नै गतल देखिएको छ । नेप्सेको वेव साइटको इन्टरफेसमा देखिएको समस्याले गर्दा वास्तविक सूचक नेदेखिएको प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । साइटमा देखिएको समस्या समाधान गर्ने काम भइरहेको उनले बताए ।

सोमबार नेपाल बैंक र नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । नेपाल बैंकको ४ करोड ७२ लाख र कोषको ४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । दिनभरीमा कुल २६ करोड ८१ लाखको किनबेच भएको छ । नेप्सेले डिस्प्लेमा बजार करिव १२ अंकले बढेको देखाएको छ । तर दुई अंकसम्म मात्र बजार बढेको ग्राफमा देखिन्छ । नागरिक लगानी कोषको पूँजी ८ अर्ब पुर्याउने गरी ऐन संशोधन हुन लागेको खबरले बजार मूल्य १० प्रतिशत हाराहारीले बढेको छ । प्रति कित्ता २३७ रुपैयाँले मूल्य बढेको छ ।

जनउत्थान सामूदायिक लघुवित्तको शेयर मूल्य पनि करिव १० प्रतिशतले बढेर २५८ रुपैयाँले उक्लिएको छ । सिटि एक्सप्रेस फाइनान्सको पनि ९ प्रतिशतले मूल्य उक्लिएको छ । बोनस शेयर दिएका कारण मूल्य समायोजन हुँदा बैंक अफ काठमाण्डूको शेयरको भाउ पाँच प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।