logo

हरि ढकालको नेतृत्वमा शेयर लगानीकर्ताहरुद्वारा नयाँ संगठन स्थापना

    1748   पटक पढिएको

१३ पुस /अर्थ र व्यापार - यस अघि स्वतन्त्र लगानीकर्ता दवाब समूहको नाममा रिले तथा आमरण अनशन बसेर शेयर बजार सुधार र विस्तारको आन्दोलनमा सहभागि भएका शेयर लगानीकर्ताहरुले नयाँ संगठन स्थापना गरेका छन् । अनशनकारी हरि ढकालको नेतृत्वमा ’शेयर लगानीकर्ता दवाब समूह’ गठन भएको हो ।

शुक्रबार भृकुटीमण्डपमा भएको लगानीकर्ताहरुको भेलाले हरि ढकालको अध्यक्षतामा शेयर लगानीकर्ता दवाब समूह नामको संगठन दर्ता गर्ने निर्णय गरेको हो । १५ सदस्यीय दबाब समूहको वरिष्ठ सल्लाहकारमा अर्का अनशनकारी तिलक कोइराला रहेका छन् । 

यस्तै समूहको बरिष्ठ उपाध्यक्ष दिपेन्द्र अग्रवाल, उपाध्यक्ष त्रयमा गोपीकृष्ण थापा, शृष्मा ढुंगाना र देबेन्द्रनाथ शुक्ल (नेपालगंज), महासचिव नयन्द्र बास्तोला, सचिव गोपाल स्वामी, सहसचिव पुरुषोत्तम सापकोटा, कोषाध्यक्ष अप्सरा खनाल (बिराटनगर) रहेका छन् । त्यसैगरी कार्य समिति सदस्यहरुमा शुशील थपलिया, गोबिन्दप्रसाद पन्त, रामभक्त गिरी, गणेश उप्रेति, सुनील बस्नेत र दीपक पाण्डे रहेका छन् ।

भेलाले तिलक कोइराला प्रमुख सल्लाहकार रहेको सल्लाहकार समिति समेत गठन गरेको छ, जसमा पुजा भट्टराई, ओमप्रसाद लामिछाने, निरन्जनराज पाण्डे र नबराज उप्रेति सदस्य छन् । समूहले ६ महिनाभित्रमा साधारणसभा गरी निर्वाचनबाट कार्यसमिति चयन गर्ने समेत घोषणा गरेको छ । दबाब समूहले चाँडै नै पूँजी बजार सुधार र बिकासका बाँकी कामहरु कार्यान्वयन गराउन बिशेष कार्यक्रम ल्याउने भएको छ । 

समूहले पहिलो चरणको दबाब कार्यक्रममा सक्रिय सहभागिता जनाउने लगानीकर्ता, शेयर लगानीकर्ता संघ, नेपाल, पूँजी बजार संघ, ऐक्यबद्धता जनाउने राजनीतिक पार्टीहरु, संचारकर्मी लगायतलाई धन्यबाद र आभार पनि ब्यक्त गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।