logo

शेयर लगानीकर्ता दबाब समूहद्वारा आन्दोलनका सबै कार्यक्रम स्थगित

    1324   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - शेयर बजारको विकास र सुधारका ३२ बुदँे माग सहित जारी आन्दोलनमा रहेको शेयर लगानीकर्ता दबाब समूहले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । लगानी सम्मेलनलाई दृष्टिगत गर्दै आन्दोलन स्थगित गरेको समूहले बताएको छ ।

समूहले एक विज्ञप्ति जारी गर्दै सरकारी समयंन्त्रले आफूहरूको आन्दोलनलाई लगानी सम्मेलन भाड्ने गतिबिधिको रूपमा प्रचार गरेकोले आन्दोलन स्थगित गरेको जनाएको छ । विगतमा भएका सहमतिका कार्यान्यनसहित बजार सुधारका ३२ बुँदे माग पुरा गराउन शान्तिपूर्ण दबाब कार्यक्रम राखेकोमा सरकारले बल प्रयोग गरेको भन्दै समूहले खेद व्यक्त गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, धितोपत्र सम्वन्धी ऐन २०६३ को प्रस्थावनामा शान्तिपूर्ण आन्दोलन गर्न पाउने लगानीकर्ताको नैसर्गिक अधिकारको हनन् हुने गरी प्रहरीलाई दमन गर्न लगाएकोले अर्थमन्त्री,धितोपत्र बोर्डका अध्यक्ष लगाएतलाई कारवाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछौ ।

आन्दोलनमा कुनै सहयोग नगरेपछि समूहले लगानीकर्ताका अन्य संघ सगठनहरू प्रति आक्रोस पोखेको छ । लगानीकर्ताका संघ सगठनहरू अमुक स्वार्थ पूर्तिकालागि खोलिएका भन्दै उनीहरू बिरूद्ध भण्डाफोर गरिने बताएको छ । लगानी सम्मेलनपछि आन्दोलनलाई थप उचाइमा पुर्याउने दबाब समूहले बताएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।