logo

१३ वर्षपछिको गणनामा पहिलो दिन नै लघुवित्तको सूचक १३ अंकले घट्यो,

    1120   पटक पढिएको

 

कात्तिक १५ / अर्थ र व्यापार - काठमाडौं । १३ वर्षपछि पहिलो पटक गणना गरिएको लघुवित्त समूहको परिसूचक पहिलो दिन करिब १३ अंकले घटेको छ ।
एक हजार आठ सय ४५ दशमलव ४५ अंकबाट मापन सुरु भएको लघुवित्त १२.९२ अंकले घटेको हो । ३३ वटा कम्पनी सूचीकृत लघुवित्त कम्पनीको समूहमा वमी, नेशनल माइक्रोफाइनान्स, मिथिला लघुवित्त कम्पनीको सेयर मूल्य घटेपछि यो सूचक पनि घटेको हो ।
बिकास बैंक समूहको परिसूचक पनि सोही दरमा घटेको छ । यो समूहको परिसूचक १३.४१ अंकले घटेको हो । भागर्व, सहयोगी, कन्काई, काबेली लगायतको सेयर मूल्य उच्चले घटेपछि यो समूहमा वृद्धि हुन सकेन । लघुवित्त अलग्याइएपछि यो समूहमा अब ३८ कम्पनी रहेका छन् । नेप्से परिसूचक भने ७.०२ अंकले घटेर १५२६ विन्दुमा आइपुगेको छ । यसदिन ४२ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । उत्पादन र ‘अन्य’ बाहेक अन्य सबै समूहको परिसूचक यसदिन घटेको छ ।

हकप्रद र बोनसको अपेक्षामा बढ्दै आएको बजार हाल लाभांश घोषणाको क्रम चलिरहेपनि बढ्न सकेको छैन् । चुक्ता पूँजी वृद्धिको कारण बाध्यात्मक रुपमा लाभांश दिइरहेका कम्पनीहरुले आगामी वर्षदेखि के हुने हो भन्ने दुविधामा लगानीकर्ताहरु रहेपछि पनि बजार बढ्न नसकिरहेको मानिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।