logo

शेयर बजार सुधारका लागि शेयर प्रमाणपत्र धितो राखी ऋण लिन पाउने व्यवस्था

    1767   पटक पढिएको

१२  पुस /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले शेयर प्रमाणपत्र धितोमा राखेर ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । शेयर बजार सुधारका लागि बैंकले सो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गर्नुभएको कार्यदलले दिएको सुझावका आधारमा केन्द्रीय बैंकले आज त्यस्तो व्यवस्था गरी बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको हो ।

अर्थमन्त्री खतिवडाले गत मङ्सिर २० गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वमा एक कार्यदल गठन गरेका थिए । सो कार्यदलले केही दिनपहिले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका कूल ५८ बुँदामध्ये २७ बुँदा राष्ट्र बैंकले नै कार्यान्वयन गर्नुपर्ने भएकाले बुधबार उक्त निर्देशन दिइएको हो ।

निर्देशनअनुसार एक पटक प्रवाह गरिसकेको त्यस्तो ऋणको सुरक्षामा रहेको शेयरको पुनः मूल्याङ्कन गरी सोका आधारमा थप ऋण सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्नसमेत बैंक तथा वित्तीय संस्थालाई अधिकार दिइएको छ । शेयर बजार मूल्यमा हुने परिवर्तनका कारणले शेयर धितो सुरक्षणको मूल्यमा कमी आएका सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सोका मूल्य अनुगमन गरी थप धितोका लागि ऋणीलाई सूचित गर्नुपर्नेछ । मार्जिन कल गर्दा उक्त शेयरमा प्राप्त हुने हकप्रद र लाभांश शेयर सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको शेयर सङ्ख्यामा गणना गर्न सकिनेछ । 

त्यस्तो ऋणको अवधि एक वर्षभन्दा बढी हुनेछैन । शेयरको धितोमा कर्जा प्राप्त गरेको ऋणीले आफूले लिएको कर्जाको बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा नवीकरण गर्न सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।