logo

सेयर कारोबार आइतबारबाट सुचारु हुने

    1711   पटक पढिएको

१६ असार / अर्थ र व्यापार – भ्याटको विषयमा उठेको विवाद छलफलबाट टुंग्याउदै गर्ने र आइतवारबाट भने सेयर कारोबार सुचारु गर्ने सहमती ब्रोकरहरुले गरेकोे छ ।
अर्थमन्त्रालयले कारोबार सुचार गर्दै गर्न र विवादको विषय छलफलबाट टुंग्याउन भनेपछि नेप्सेले ब्रोकरहरुलाई त्यही जानकारी गराएर कारोबार खोल्न लगाएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको नयाँ कार्यालयबाट काम सुरु भएको औपचारिक उद्घाटनको कार्यक्रममा यस्तो जानकारी आएको हो ।
शुक्रवार बिहान नेप्सेमा ब्रोकरहरुसँग यसै विषयमा छलफल भएको थियो । उनले कहिलेबाट भ्याट लगाउन सुरु गर्ने भन्ने विषय भने अर्थमन्त्रालय लगायतसँगको छलफलबाट टुंगो लगाइने भएको छ ।
आइतवारको कारोबारमा नै भ्याट लगाएर गर्ने नगने भन्न सक्ने विषय होइन, अहिले कारोबार सुचारु गराउनु भनेर अर्थमन्त्रालयबाट आएकोले हालकै आधारमा कारोबार गर्ने भन्ने बुझाइ हो, कुन मितिबाट लगाउने भन्ने त छलफलबाट नै टुंगो लाग्छ ।
बिहीवार आन्तरिक राजस्व कार्यालयले दुईवटा ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९र७० देखिको भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले कारोबार नै रोकेका थिए ।
नेप्सेले भने आफुले कारोबार खुला गरेपनि ब्रोकरहरुले आदेश प्रविष्टि नगरेकोले कारोबार हुन नसकेको तर नेप्सेले नै कारोबार रोकेको भनेर प्रसार गरिएको भन्दै गुनासो गरेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।