logo

शेयर दलालहरुले आमलगानीकर्ता सरह शेयर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनमा आउने

    1316   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - आफ्नै कार्यालयबाट शेयर दलालहरुले शेयर कारोबार गर्न पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । निर्देशिका मार्फत शेयर दलालहरुलाई आम लगानीकर्ता सरह शेयर कारोबार गर्न पाउने व्यवस्था गर्न लागिएको हो । यसका लागि निर्देशिकाको मस्यौदा समेत तयार भैसकेको छ ।

अहिले शेयर दलालहरुले आफ्नो कार्यालयबाट आफ्नो नाममा शेयर कारोबार गर्न नपाउने व्यवस्था छ । यसका साथै शेयर दलालको कार्यालयमा कार्यरत कर्मचारी र तिनका एकाघर परिवारका नाममा समेत शेयर किनबेच गर्न नपाउने व्यवस्था छ ।
उल्लेखित व्यवस्थाले शेयर दलालहरुले आफ्नोबाट नभई अरु शेयर दलालकोबाट शेयर कारोबार गर्दै आएका छन् । यसले बजारलाई सकारात्मक भन्दा नकारात्मक असर पारेको भन्दै यस अघिदेखि नै चर्चा चुलिएको थियो ।

बजारलाई स्वच्छ बनाउनका लागि  यस्तो व्यवस्था गर्न लागिएको बताइएको छ । बजार निर्माताको काम अघि बढाउन धितोपत्र बोर्डले नेप्सेलाई काटेको पत्रका आधारमा नेप्सेले बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो । नेप्सेका अनुसार शेयर दलालले तोकिएको मापदण्ड कायम गरी बजार निर्माताको काम पनि गर्न पाउने छन् । यस क्रममा शेयर दलाल आफैंले शेयर कारोबार गर्नु पर्ने भएकाले सामान्य किसिमका कारोबार पनि आफ्नै दलाल कार्यालयबाट गर्न पाउने व्यवस्था गरिएको हो । यसका लागि निर्देशिका नै जारी गर्ने तयारी भएको नेप्सेले जनाएको छ ।

धितोपत्र बोर्डलाई बजार निर्माताको कामका साथै दोस्रो बजारमा शेयर दलालहरुको सक्रियतालाई पारदर्शी बनाउन आवश्यक व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार शेयर दलालहरुले मार्केट डिलरका साथै आफ्ना लागि पनि शेयर कारोबार गर्न पाउने व्यवस्था गर्न लागिएको हो । नेप्सेका अनुसार बजार निर्माताका रुपमा शेयर दलालले गर्ने शेयर कारोबारको हिसावकिताब भने अलग राख्नु पर्ने हुन्छ । तर आफ्ना लागि गरिने कारोबार भने सामान्य लगानीकर्ताको सरह हुने व्यवस्था निर्देशिकाको मस्यौदामा छ । नेप्सेले धितोपत्र बोर्डमा उक्त मस्यौदा पठाइसकेको जनाएको छ । अब धितोपत्र बोर्डले उक्त मस्यौदालाई अन्तिम रुप दिए पछि यो व्यवस्था कार्यान्वयनमा आउने छ ।

 

 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।