logo

शेयर बजारमा दोहोरो अंकको गिरावट

    1290   पटक पढिएको

१७ बैशाख /अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसुचक ११.७० अंकले घटेर १२९८.६० विन्दुमा झरेको छ । यस दिन १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता शेयरहरु ९५ करोड ८६ हजार रुपैयाँमा किनबेच भएका छन् । सोमबार एक अर्ब १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

मंगलबार करोबारमा आएका ११ उपसमुह मध्ये हाइड्रोपावर र फाइनान्स समुहको सुचक मात्रै सकारात्मक देखिएको छ । हाइड्रोपावरमा लागनीकर्ताहरुको आकर्षण बढ्दा सूचक ४५.४९ अंकले बढेको छ । यस्तै फाइनान्स समुहको सूचकमा पनि १.०३ अंकको सुधार आएको छ ।
यता निर्जीवन बीमा समुहको सूचक सबै भन्दा धेरै २०५.३१ अंकले घटेको छ । जीवन बीमाको पनि २०१.८२ अंकले घटेको छ । यस्तै होटल २४.८८, माइक्रोफाइनान्स १८.०२, वाणिज्य बैंक ९.८२, अन्य ५.३७, व्यापार ४.८२, र विकास बैंकको सूचक २.३७ अंकले ओरालो लागेका छन् ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको अधिक मात्रामा शेयर कारोबार भएको छ । मंगलबार नेपाल लाइफको मात्रै १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । मंगलबार सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने भएपछि इन्स्योरेन्सको शेयर कारोबार बढेको हो । नेपाल बैंकको पनि ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै अपर तामाकोशी, कुमारी बैंक, सानिमा माई हाइड्रोपावरको ३ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । छिमेक लघुवित्त, चिलिमे हाइड्रोपावरको पनि २ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

मंगलबार नाफा कमाउने शिर्ष कम्पनीको सूचीमा हाइड्रोपावरको बर्चश्व रहेको छ । शिर्ष १० को सूचीमा ९ हाइड्रो कम्पनीहरु रहेका छन् । यस दिनको बजारबाट सानिमा माई हाइड्रोपावरका शेयरधनीहरुले सबै भन्दा धेरै ९.९६ प्रतिशत कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य पनि ९.७१ प्रतिशतले बढेको छ । यस्तै युनाइटेड मोदी हाइड्रोपावरको ८.१८, रैराङ्ग हाइड्रोपावरको ६.५९, नेशनल हाइड्रोपावरको ५.८०, अरुण काबेली पावरको ५.५२, हिमालयन पावर पार्टनरको ४.९७, पञ्चकन्या माई हाइड्रोपावरको ४.६३ र चिलिमे हाइड्रोपावरको शेयरमूल्य ४.३७ प्रतिशतले सुधार भएको हो ।
यता राष्ट्रिय बीमा कम्पनीको शेयरधनीहरुले सबै भन्दा धेरै ५.९८ प्रतिशतले गुमाएका छन् । एशियन लाइफ र जनउत्थान लघुवित्तको शेयरमूल्य ४ बढीले शेयर मूल्य घढ्दा नेपाल इन्स्योरेन्स, ग्लोवल आईएमई लघुवित्त, किसान माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स, नागबेली लघुवित्त, स्वरोजगार लघुवित्त र प्राइम लाइफ इन्स्योरेन्सको शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।