logo

शेयर बजारमा सामान्य गिरावट, नेप्से परिसूचक ४.२१ अंकले घट्यो 

    1338   पटक पढिएको

१६ बैशाख /अर्थ र व्यापार - शेयर बजारमा सोमबार नेप्से परिसूचक ४.२१ अंकले घटेर १३१०.३१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ०१ अंकले घटेर २ सय ८१ दशलमव ८४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७४ कम्पनीको ३० लाख १६ हजार ४८० कित्ता शेयर खरिदबिक्री भई १ अर्ब १९ करोड ७७ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज पनि कारोबार घटेको छ । १ अर्बमाथिको कारोबार हुदाँ सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । जसको कारोबार १४ करोड ६९ लाख ८२ हजार रुपैयाँको भएको छ । जसको बजार मुल्य १ हजार ३१६ रुपैयाँ रहेको छ ।

यस दिन सर्वा््िधक कमाउनेमा एनआईबिल प्रगति फण्डका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ६६ प्रतिशतले बढेको छ । त्यस्तै लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुको पनि ५ दशमलव ५२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा राद्यी विद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ७ दशमलव ५१ प्रतिशतले घटेको छ । आज ११ वटा उपपरिसुचकहरुमा ५ वटा कम्पनीहरु बढेका छन् भने ६ वटा समूहहरु घटेका छन् ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।