logo

नेप्सेमा ३ अंकको वृद्धि, ६१ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार

    1356   पटक पढिएको

१० बैशाख /अर्थ र व्यापार- मंगलबार नेप्से परिसूचक ३.७४ अंकको वृद्धिसँगै १२६०.६८ बिन्दुमा पुगेको छ । यस दिन १७६ कम्पनीका १८ लाख १ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६१ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार एक अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका ११ उपसमूहमध्ये ५ वटाका सूचक सकारात्मक बन्दा ६ वटा नकारात्मक देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ४६.०८ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा १६.४१, वाणिज्य बेंक ६.६६ र फाइनान्स १.४५ र विकास बैंकको सूचक ०.५७ अंकको सुधार आएको हो । यता जीवन बीमा समुहको सबै भन्दा धेरै २२.२२ अंकले घटेको छ । यस्तै होटल १७.३७, माइक्रोफाइनान्स ४.९५, हाइड्रोपावर ४.११, व्यापार २.७९, अन्य २.१३ अंकले नकारात्मक भएको छ ।

मंगलबार छिमेक लघुवित्तको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । लघुवित्तको ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । नेपाल बैंकको पनि ४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरि एनएमबि बैंकको २ करोड ९० लाख, एनआईसी एशिया बैंकको २ करोड ७९ लाख, छिमेक लघुवित्तको संस्थापक शेयर २ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंकको संस्थापक शेयर, स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको शेयर अधिक मात्रामा कारोबार भएको छ ।

मंगलबारको बजारमा एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरुले सबैभन्दा धेरै नाफा कमाएका छन् । इन्स्योरेन्सका शेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ७.१४, राधी विद्युत कम्पनीको ६.५८, उन्नति माइक्रोफाइन्सको ४.९१, युनिलिभर नेपालको ४.०४, हिमालयन डिस्टिलरीको ३.३६ र सिन्धु विकास बैंकको शेयरमूल्य ३.१३ प्रतिशतले बढेको छ ।

यता घलेम्दी हाइड्रोको शेयरधनीले सबैभन्दा धेरै ४.७९ अंकले गुमाएका छन् । यस्तै अरुण काबेली पावरको शेयरमूल्य ४.६७ र भार्गव विकास बैंकको शेयरमूल्य ४.०९ प्रतिशतले ओरालो लागेको छ । सिनर्जी पावर, एनआईबिएल प्रगति फण्डको इकाई मूल्य, सेन्ट्रल फाइनान्स, ग्लोवल आईएमई लघुवित्त, कालिका लघुवित्त लगायतको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।