logo

नेप्सेमा सुधारको संकेत, ३० करोड बढीको शेयर किनबेच

    1110   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार  - सोमबार नेप्से ४.७० अंकले बढेर ११८८.७१ अंकमा पुगेको छ । यसदिन १६५ कम्पनीको ३० करोड बढीको शेयर किनबेच भयो । एक साता अघिसम्म करिब आधा अर्ब रुपैयाँको हराहरीमा शेयर कारोबार हुँदै आइरेको थियो । 
सोमबारको कारोबारमा ५६ पटक पाँच लाख बढीको शेयर किनबेच भएको छ । यसले शेयर बजारका लगानीकर्ता विस्तारै प्यानमा आवद्ध भएको संकेत गर्छ । नेप्सेका अनुसार १४ हजार शेयर लगानीकर्ता प्यानमा आबद्ध रहेका छन् । पाँच लाख भन्दा कमको खरिदबिक्रीमा प्यान अनिवार्य छैन । लगानीकर्ताले स्वेच्छिक रुपमा निर्णय गर्न सक्नेछन् ।

यस दिन कारोबारमा आएका १० उपसमुह मध्ये ६ सकारात्मक हुँदा ४ उपसमुहको सुचक नकारात्मक देखिए । सोमबार माइक्रोफाइनान्सको सुचक सबै भन्दा धेरै ४२.४४ अंकले बढेको छ । यस्तै होटल २२.४९, उत्पादन तथा प्रशोधन १०.३५, निर्जीवन बीमा ६.९५, वाणिज्य बैंक ५.८९, विकास बैंक ४.१३ अंकले सुधार भएका हुन् । यता जीवन बीमाको सुचक सबैभन्दा धेरै ११.२५ अंकले नकरात्मक बनेको छ । यसैगरी हाइड्रोपावर ५.३२, अन्य ५.२८ र फाइनान्स २.०१ अंकले ओरालो लागेका हुन् ।

सोमबार नेको इन्स्योरेन्सको धेरै रकमको कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो । यस्तै कुमारी बैंकको १ करोड ९६ लाख, एनआईसि एशिया बैंकको १ करोड ८३ लाख, एभरेष्ट इन्स्योरेन्सको १ करोड ६८ लाख, एनएमबि बैंकको १ करोड ६२ लाख र प्रभु बैंकको १ करोड ५९ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारबाट ३०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा वृद्धि आएको छ । इन्स्योरेन्सको शेयरधनीहरुले सोमबारको कारोबारबाट ७.५६ अंकले कमाएका छन् । यस्तै साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ । स्वलम्वन लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिर्नजी पावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

यता नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको शेयरधनीले सबैभन्दा धेरै ६.८९ प्रतिशतले गुमाएका छन् । नाडेप लघुवित्तको ४.४४, विजया लघुवित्तको ४.२१, खानीखोला हाइड्रोपावरको ३.८४ र एनएलजि इन्स्योरेन्सको शेयरमूल्य ३.३७ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।