logo

नेप्सेमा सुधारको संकेत, ३० करोड बढीको शेयर किनबेच

    1526   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार  - सोमबार नेप्से ४.७० अंकले बढेर ११८८.७१ अंकमा पुगेको छ । यसदिन १६५ कम्पनीको ३० करोड बढीको शेयर किनबेच भयो । एक साता अघिसम्म करिब आधा अर्ब रुपैयाँको हराहरीमा शेयर कारोबार हुँदै आइरेको थियो । 
सोमबारको कारोबारमा ५६ पटक पाँच लाख बढीको शेयर किनबेच भएको छ । यसले शेयर बजारका लगानीकर्ता विस्तारै प्यानमा आवद्ध भएको संकेत गर्छ । नेप्सेका अनुसार १४ हजार शेयर लगानीकर्ता प्यानमा आबद्ध रहेका छन् । पाँच लाख भन्दा कमको खरिदबिक्रीमा प्यान अनिवार्य छैन । लगानीकर्ताले स्वेच्छिक रुपमा निर्णय गर्न सक्नेछन् ।

यस दिन कारोबारमा आएका १० उपसमुह मध्ये ६ सकारात्मक हुँदा ४ उपसमुहको सुचक नकारात्मक देखिए । सोमबार माइक्रोफाइनान्सको सुचक सबै भन्दा धेरै ४२.४४ अंकले बढेको छ । यस्तै होटल २२.४९, उत्पादन तथा प्रशोधन १०.३५, निर्जीवन बीमा ६.९५, वाणिज्य बैंक ५.८९, विकास बैंक ४.१३ अंकले सुधार भएका हुन् । यता जीवन बीमाको सुचक सबैभन्दा धेरै ११.२५ अंकले नकरात्मक बनेको छ । यसैगरी हाइड्रोपावर ५.३२, अन्य ५.२८ र फाइनान्स २.०१ अंकले ओरालो लागेका हुन् ।

सोमबार नेको इन्स्योरेन्सको धेरै रकमको कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो । यस्तै कुमारी बैंकको १ करोड ९६ लाख, एनआईसि एशिया बैंकको १ करोड ८३ लाख, एभरेष्ट इन्स्योरेन्सको १ करोड ६८ लाख, एनएमबि बैंकको १ करोड ६२ लाख र प्रभु बैंकको १ करोड ५९ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबारको कारोबारबाट ३०० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्यमा वृद्धि आएको छ । इन्स्योरेन्सको शेयरधनीहरुले सोमबारको कारोबारबाट ७.५६ अंकले कमाएका छन् । यस्तै साना किसान विकास बैंक, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले बढेको छ । स्वलम्वन लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिर्नजी पावरको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले सुधार भएको छ ।

यता नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको शेयरधनीले सबैभन्दा धेरै ६.८९ प्रतिशतले गुमाएका छन् । नाडेप लघुवित्तको ४.४४, विजया लघुवित्तको ४.२१, खानीखोला हाइड्रोपावरको ३.८४ र एनएलजि इन्स्योरेन्सको शेयरमूल्य ३.३७ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।