logo

झिनो अंकको सुधार सहित नेप्से परिसुचक बन्द, कारोबार रकम भने खस्कियो 

    1075   पटक पढिएको

८माघ /अर्थ र व्यापार - गत साताको बुधबारदेखि ओरालो लागेको शेयर बजार परिसूचक नेप्से पाँचौं कारोबार दिन मंगलबार भने थामिएको छ । यस बीचमा निरन्तर ओरालो लागेको बजार २७.२२ अंकले घटेपछि मंगलबार ०.७८ अंकको झिनो सुधार सहित बन्द भएको हो । परिसूचकमा झिनो अंकले सुधार देखिएपनि कारोबार रकम भने ७ करोड ५५ लाख रुपैयाँले खस्किएको छ । सोमबार ३६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज १५६ कम्पनीका १० लाख २४ हजार ६१५ कित्ता शेयर २९ करोड २२ लाख रुपैयाँ बराबरमा कारोबार भएको हो । 

मंगलबार नेप्से ०.७८ अंकले सुधार हुँदा ११६८.८३ बिन्दुमा बन्द भएको छ । कारोबारमा आएका १० उपसूचक मिश्रित देखिएका छन् । जसमध्ये ७ सूचक सकारात्मक देखिएको छ भने बाँकी ऋणात्मक बनेका छन् ।

यसदिन जीवन बीमाको सूचक सबैभन्दा धेरै ६७.६८ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स १७.६, होटल्स १५, विकास बैंक २.८७, अन्य २.३९, वाणिज्य बैंक ०.४३ र निर्जीवन बीमाको सूचक ०.१९ अंकले बढेका छन् । उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै ९२.२९ अंकले घटेको छ । यस्तै हाइड्रोपावरको ५.१४ र फाइनान्सको सूचक १.१५ अंकले ओरालो लागेका छन् ।
मंगलबार अपर तामाकोशीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । तामाकोशीको ५ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस्तै माच्छापुच्छ्रे बैंकको १ करोड ६५ लाख, नागरिक लगानी कोषको १ करोड ६० लाख र नेपाल बेंकको १ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भयो । अन्य कुनै कम्पनीको शेयर कारोबार रकम करोड नाघ्न सकेन ।

मंगलबारको बजारमा  कञ्चन डेभलपमेन्ट बैंकको शेयरमूल्य अधिक ९.९८ प्रतिशतले घटेको छ । यस्तै आजको कारोबारमा नेपाल हाइड्रोपावरको ९.६५, युनिलिभर नेपालको ७.७५, जनउत्थान लघुवित्तको ३.९३ र महुलि लघुवित्तको शेयरमूल्य ३.३५ प्रतिशतले अवमूल्यन भयो ।

यता समता माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ३.५१ प्रतिशतले बढेको छ । यस्तै आजको कारोबारबाट एलआईसी नेपाल, नागबेली लघुवित्त र नेशनल हाइड्रोपावरका शेयरधनीहरुले ३ प्रतिशत बढीले कमाएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।