logo

ऊर्जा मन्त्री र सभामुखहरुद्वारा साञ्जेन र रसुवागढीको शेयरमा १५ सय कित्ता  आवेदन

    1408   पटक पढिएको

६ बैशाख /अर्थ र व्यापार - सभामुख कृष्णबहादुर महराले रसुवागढी जलविद्युत् कम्पनीको १ लाख बराबरको १ हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको ५० हजार बराबरको ५०० कित्ता साधारण सेयर खरीद गरी सेयर बजारमा प्रवेश गरेका छन् । यस्तै सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनको ५० हजार बराबरको ५०० कित्ता बराबरको सेयरमा आवेदन दिएकी छिन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पनि रसुवागढीमा १ लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजार बराबरको ५०० सय कित्ता साधारण सेयरमा आवेदन दिएका छन् । पुर्व सभामुख ओनसरी घर्तीले पनि रसुवागढीमा १ एक लाख बराबरको १ हजार कित्ता र साञ्जेनमा ५० हजारको ५०० कित्ता साधरण सेयरमा आवेदन दिएकी छिन् । सरकारले सुरु गरेको जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत शुक्रबारदेखि चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी १ अर्ब ५४ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री सुरु गरेको छ ।

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गत विभिन्न १९ आयोजनाबाट ३ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।