logo

दोस्रो बजारमा ऋणपत्रको कारोबार बढ्न थाल्यो, एनआईसी एशियाको ६ करोड रुपैयाँको कारोबार

    1690   पटक पढिएको

१० पुष / अर्थ र व्यापार - दोस्रो बजारमा ऋणपत्रको खरिद बिक्री बढ्न थालेको छ। बुधबार सानिमा बैंकको ऋणपत्रको कारोबार भएको थियो। बिहीबार पनि एनआईसी एशिया बैंकको ऋणपत्रको कारोबार भएको छ।

एनआईसी एशियाको आज भएको कारोबारमा २० रुपैयाँले बढेर प्रति इकाई १०२० रुपैयाँमा खरिद बिक्री भएको छ। बैंकको ६ वटा कारोबार भएको छ। एक हजार एक रुपैयाँदेखि १०४० रुपैयाँको दरमा खरिद बिक्री भएको हो। नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणालीबाटै कारोबार गर्ने प्रणाली विकास गरेसँगै अन्य शेयरको जस्तै ऋणपत्रको पनि कारोबार हुन थालेको हो।

पछिल्लो समय बाणिज्य बैंकले दीर्घकालिन पूँजी जुटाउने साधनको रुपमा ऋणपत्र निष्काशन गर्दै आएका थिए। त्यस्तै चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बाणिज्य बैंकहरुले पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य निष्काशन गर्नु पर्ने व्यवस्था गरेको थियो।

यो नीतिपछि पछिल्लो समय बाणिज्य बैंकहरुले ऋणपत्र निष्काशन गरिरहेका छन्। ऋणपत्र निष्काशन गरिए पनि समयमा बिक्न सकेको थिएन। ऋणपत्र खरिद गरेपछि सजिलै दोस्रो बजारमा खरिद बिक्री गर्न नसकिने भन्दै लगानीकर्ताको आकर्षण देखिएको थिएन।

अनलाइन प्रणालीबाट सहजै खरिद बिक्री गर्न सकिने भए पछि बैंकहरुले निष्काशन गरेको ऋणपत्र बिक्न सक्ने बैंकरहरु बताउँछन्। विहिबार बिक्री भएको एनआईसी एशियाको ऋणपत्रको व्याजदर ११ प्रतिशत छ। यसले गर्दा पनि बैंकको ऋणपत्र बढेर खरिद बिक्री भएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।