logo

एनआईसी एसिया क्यापिटलको एक अर्बको म्युचअल फण्ड आउने

    1584   पटक पढिएको

 

१२ पुस / अर्थ र व्यापार - एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानी कोष) को ईकाई विक्रीमा ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई कोष जारी गर्ने अनुमति दिएको छ ।

 क्यापिटलले सात बर्षे बन्दमुखी सामुहिक लगानीकोष ल्याउने भएको हो । क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको दश करोड ईकाइको बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात एक करोड पचास लाख इकाई कोष प्रबद्धक एनआइसी एशिया बैंकलाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाई सर्वासाधारणलाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।

पछिल्लो समयमा धितोपत्र बजारमा फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण बढ्दै गएको छ । साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य प्रति इकाई दश रुपैयाँ रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ । लगानीकर्तालाई उच्च प्रतिफल दिने र बजारलाई थप फराकिलो बनाउन म्याचुल फण्डको कारोबार गर्न लागिएको सम्बन्धित कम्पनीको भनाइ छ । एनआईसी क्यापिटलले शेयर निष्काशन तथा विक्रीप्रबन्धक संगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।