logo

नेप्सेमा ५.६६ अंकको गिरावट, १ अर्ब २५ करोडको कारोबार 

    1457   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा ५.६६ अंकको गिरावट आएको छ । आज नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ । 

आइतवार १८७ ओटा कम्पनीको रू. १ अर्ब २५ करोड २७ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको छ । उक्त रकम बराबरको ४३ लाख ५२ हजार १० कित्ता शेयर १६ हजार ८४६ पटकको व्यापारमा कारोबार भएको हो । 

कुल कारोबारमा सर्वाधिक हिस्सा हिमालयन बैंक लिमिटेडको संस्थापक शेयरको रहेको छ । बैंकको संस्थापकतर्फको सबैभन्दा उच्च २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । 

आईतबार ब्यापार र निर्जीवन बीमा समूहबाहेकका सबै समूह ओरालो लागेको छ । ब्यापार समुह १३, र निर्जीवन बीमा ३१ अंकले बढेका छन् । 

जनरल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७८ प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य आइतवार प्रतिकित्ता रू ३६ ले बढेर अन्तिम मूल्य रू. ४०४ पुगेको छ । जनरल इन्स्योरेन्सका लगानीकर्ताले करिब १० प्रतिशत मूल्य कमाएका छन् । त्यस्तै आइसिएफसी फाइनान्सको मूल्य ५. २६ प्रतिशतले बढेको छ । 

बैंकिङ ६, होटल १, विकास बैंक २९, जलविद्युत ५, फाइनान्स १, उत्पादन १४, अन्य १, माइक्रोफाइनान्स ११, जीवन बीमा १८ अंकले घटेका छन् । 

रैराङ हाइड्रोको मूल्य सबैभन्दा धेरै ७. ५ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्सको मूल्य ६. २ प्रतिशतले घटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।