logo

२० अंकले घट्यो नेप्से, १३ कम्पनीका लगानीकर्ताले मात्रै कमाए

    1538   पटक पढिएको

१२ माघ ÷अर्थ र व्यापार - आज आइतबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २० दशालव ७९ अंकले घटेर १,२७६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २ दशमलव ७९ प्रतिशतले घटेको छ ।

गत साताको अन्तिम दिन विहीबार पनि नेप्से घटेको थियो । नेप्से १५ दशमलव ९५ अंकले घटेर १२९७ दशमलव ४७ को विन्दुमा कायम भएको थियो । त्यस दिन लाइफ इन्स्योरेन्स र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा गिरावट आएको थियो ।

आज दिनभरिमा १ सय ७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख १८ हजार ६ सय ६२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ८ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको ६ करोडमथिको कारोबार भएको छ ।

सिवम् सिमेन्टको ३ करोडमाथि, एनआइसी एशिया बैंकको २ करोड ९९ लाख, प्रभु बैंकको २ करोड ९६ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २ करोड ६८ लाख, नेशनल लाइफ, प्राइम लाइफ र एशियन लाइफको २ करोडमाथिको कारोबार भएको छ ।

आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । नविल प्रगति फण्ड, एनएमबि माइक्रोफाइनान्स, खानीखोला हाइड्रेपावर, प्रोग्रेसिभ फाइनान्स कम्पनी, स्वरोजगार लघुवित्त, पाँचथर पावर कम्पनी लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ८ प्रतिशतका दरले गुमाएका छन् । मिथिला लघुवित्त, रिडी हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, यूनाइटेड इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स, लक्ष्मी लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।