logo

सेयर बजारमा दुई अर्ब बढीको कारोबार, नेप्सेले नाघ्यो १३४६ बिन्दु

    1668   पटक पढिएको

 १९ माघ / अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन करिब दुई हप्ता यताकै अधिकतम कारोबार हो । यसअघि माघ ५ गते कूल दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आज दोश्रो पटक हो । उच्च कारोबार भएको बजारमा सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबार रकम सहित नेप्से परिसूचकमा पनि उछाल आएको छ । आइतबारको बजारमा नेप्से परिसूचक २१.२६ अंकले बढेर १३४६.६४ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै उच्च बिन्दु हो ।

बजारमा दुई समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१.५२ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ४७, विकास बैंक २८, बैंकिङ् २७ र माइक्रोफाइनान्स २२ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । जीवन बीमा र ट्रेडिङ समूह सामान्य अर्थात क्रमशः १.०९ र ०.६२ अंकले ओरालो लागेका छन् ।

आइतबार तीन लघुवित्तका लगानकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त विकास बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९३, ९.८९ र ९.८८ प्रतिशतले बढेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।