logo

आइतबार शेयर बजारमा आंशिक बृद्धी, साढे १८ करोडको कारोबार

    1480   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– साताको पहिलो दिन आइतबार शेयर बजारमा आंशिक बृद्धी देखिएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.६२ अंकले बढेर ११९४.८२ अंकमा उक्लिएको छ । 

आइतबार १५३ कम्पनीका सात लाख ८१ हजार कित्ता शेयर १८ करोड ४९ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको एक करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  

शेयर बजार उचाइमा पुगेको बेला एक अर्बको औसत कारोवार हुने शेयर बजार घट्दै आउँदा ५० करोड रुपैयाँमा झरेको थियो । तर पछिल्लो समय दैनिक कारोबार २० करोडको हाराहारीमा झरेको छ । 

उपसूचक मिश्रित देखिएका छन्। कारोबारमा आएका १० समूहमा पाँच समूह घटेका छन् भने पाँचै समूह बढेका छन्। 
बैक २.९४, विकास बैक ६.७७, निर्जीवन बिमा कम्पनी ९.९२, अन्य ६.३६ र जीवन बिमा कम्पनी ५२.६७ अंकले बढेका छन्। होटल २०.१४, जलविद्युत ३.९९, फाइनान्स १.१२ उत्पादन मूलक ६.८२ र लघुवित्त १.५ अंकले घटेका छन्।

सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका शेयरधनीले करिब आठ प्रतिशत कमाएका छन्। सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीले करिब १० प्रतिशत गुमाए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।