logo

तीन दिनपछि सेयर बजारमा ५.४० अंकले बृद्धी, कारोबार घट्यो 

    1675   पटक पढिएको


१८ कात्तिक/अर्थ र व्यापार– लगातार तीन दिन घटेको सेयर बजार चौथो दिनमा समान्य अंकले वृद्धि भएको छ । मंगलवार सेयर बजार ५.४० अंक बढेर १६४३.०३ विन्दुमा पुगेको हो ।

मंगलवार प्रि–ओपन सेसनमा मै घटेको सेयर बजार नियमित कारोबार सुरु भएको ४५ मिनेटमा बढेर १६४४.६२ विन्दुसम्म पुगेको थियो । त्यसपछि वजार पुनः ओरालो लाग्यो । 

बैंकहरुपछि लघुवित्तको सेयरमा आकर्षित भएका लगानीकर्ता निर्जीवन बीमा समूहको सेयरतर्फ सेयरतर्फ आकर्षित भएको देखिन्छ ।

मंगलबार कारोबार भएका १२ उपसमूहमध्ये वाणिज्य र विकास बैंकबाहेक अन्य सबै समूहको सूचक बढेको छ। 

विशाल बजार कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशत बढेर २३४१ रुपैयाँ पुगेसँगै व्यापार समूहको सूचक पनि ४.८ प्रतिशतले बृद्धी भएको छ । 

मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो भने मंगलवार २ अर्ब २३ करोड ७९ लाख हाराहारीमा कारोबार भएको छ । 

आज १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर खरीद बिक्री भएको छ । कारोबार भएकामध्ये ८३ कम्पनीका लगानीकर्ताहरुले नाफा कमाए भने ७० कम्पनीकाले  गुमाए । यस्तै, १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

मंगलबार नेपाल दुरसञ्चार कम्पनीको १० करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । दोस्रोमा एनआईसी एशिया र प्राइम कर्मसियल बैंकको ८ करोड हाराहारीको सेयर कारोबार भयो ।

मंगलबार सबैभन्दा बढी विशाल बजार कम्पनीपछि समिट माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, शिवश्री हाइडोपावर र राष्ट्रिय बीमा कम्पनीले कमाएका छन् । यि कम्पनीहरुको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।