logo

सेयर बजारमा नयाँ रेकर्ड, ८८ अंकले बढेको नेप्से २१७५ अंकमा, ६ अर्ब बढीको कारोबार 

    1258   पटक पढिएको

१९ पुस/अर्थ र व्यापार– आइतबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । ८८ अंकले बढेको बजार २१७५ अंकमा कायम भएको छ । आज दिनभर २१२ कम्पनीको ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । 
आज बैंकिङ समूहको सुचक ७०.९२ अंकले बढेको छ । त्यस्तै ब्यापार २२१, होटल ३४, विकास बैंक ४६, जलविद्युत ३८, फाइनान्स ७, निर्जीवन बीमा २६८, उत्पादन २६४, अन्य १०३, माइक्रोफाइनान्स ७७ र जीवन बीमा समूह ५५० अंकले बढेका छन् ।

आज हिमालय डिस्टिलरी, साल्ट ट्रेडिङ, नेपाल पुनर्बीमा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । अर्थात ती कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकको मूल्य ९.८ प्रतिशत, कुमारी बैंकको मूल्य ९.१३ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्था र नेसनल माइक्रोफाइनान्सको मूल्य ९.११ प्रतिशतले बढेको छ ।

यस्तै, आशा लघुवित्त वित्तीय संस्था ८ प्रतिशत र नेपाल टेलिकमका लगानीकर्ताले ७ प्रतिशत मूल्य कमाएका छन् । आईतबार राधी जलविद्युतको मूल्य भने ४.२ प्रतिशतले घटेको छ भने शिवश्री हाइड्रोपावरको मूल्य ३ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ५० करोड ९५ लाख रुपैयाँको कारोबार भयो भने मूल्य प्रतिकित्ता १२१ रुपैयाँ बढेर २४१६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँको कारोबार भयो । कम्पनीको मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेर ४६८ रुपैयाँ कायम भएको छ ।

नेपाल टेलिकमको ४५ करोड रुपैयाँको कारोबार भयो भने मूल्य ९४ रुपैयाँले बढेर १३०२ रुपैयाँ कायम भएको छ । पुनर्बीमा कम्पनीको २७ करोड रुपैयाँको कारोबार हुँदा मूल्य १३४ रुपैयाँ बढेर प्रतिकित्ता १४७८ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।