logo

७५ अंकले बढेको सेयर बजारमा नयाँ रेकर्ड कायम, ऐतिहासिक कारोबार

    1580   पटक पढिएको


१४ मंसिर/अर्थ र व्यापार– गत बिहीबार २ वर्ष अघिको १८८१ अंक उचाइको रेकर्ड ब्रेक गरेको सेयर बजारले आइतबार उक्त रेकर्ड पनि ब्रेक गरेको छ ।

आइतबार ७५ अंकले बढेको बजार १९६८ अंकको ऐतिहासिक बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबार रकम समेत इतिहासकै सबैभन्दा उच्च हुने क्रममा ९ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

ऐतिहासिक कारोबार भएको दिन प्रतिमिनेट ३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबारको बजारलाई जीवन बीमा र बैंकिङ समूहले धेरै उचालेको छ । २४५ अंकले बीमा समूह बढ्दा बैंकिङ समूहले पनि बलियो साथ दिएको छ । वाणिज्य बैंक ११२ अंक र विकास बैंक १७३ अंकले वृद्धि भएको छ ।

आइतबार सकारात्मक सर्किट लाग्ने अधिकांश कम्पनीमा सबैभन्दा धेरै बैंकहरु छन् । ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै मितेरी डेभलपमेन्ट, माछापुच्छ्रे, सनराइज, मेगा, नेपाल बंगलादेश, कुमारी, ग्लोबल आइएमई, महालक्ष्मी विकास बैंक, सिटिजन्स, नेपाल क्रेडिट एण्ड कमर्स, सिभिल, लक्ष्मी, मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि भएको छ ।

आइतबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ। दिनभरीमा ५१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै १० प्रतिशत बोनस सेयर लिन कुमारी बैंकको ४० करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुमारी कैंकको आज बुक क्लोज परेकाले सर्वाधिक किनबेच भएको थियो ।

प्रभु र नबिल बैंकको ३३÷३३ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

दिनभरीमा २०० कम्पनीको सेयर किनबेच हुँदा १०२ कम्पनीको मूल्य बढेको छ भने ५६ वटा कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आइतबार विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले भने घट्ने क्रममा सर्किट ब्रेकर लागेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।