logo

७५ अंकले बढेको सेयर बजारमा नयाँ रेकर्ड कायम, ऐतिहासिक कारोबार

    1343   पटक पढिएको


१४ मंसिर/अर्थ र व्यापार– गत बिहीबार २ वर्ष अघिको १८८१ अंक उचाइको रेकर्ड ब्रेक गरेको सेयर बजारले आइतबार उक्त रेकर्ड पनि ब्रेक गरेको छ ।

आइतबार ७५ अंकले बढेको बजार १९६८ अंकको ऐतिहासिक बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबार रकम समेत इतिहासकै सबैभन्दा उच्च हुने क्रममा ९ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

ऐतिहासिक कारोबार भएको दिन प्रतिमिनेट ३ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबारको बजारलाई जीवन बीमा र बैंकिङ समूहले धेरै उचालेको छ । २४५ अंकले बीमा समूह बढ्दा बैंकिङ समूहले पनि बलियो साथ दिएको छ । वाणिज्य बैंक ११२ अंक र विकास बैंक १७३ अंकले वृद्धि भएको छ ।

आइतबार सकारात्मक सर्किट लाग्ने अधिकांश कम्पनीमा सबैभन्दा धेरै बैंकहरु छन् । ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इनभेष्टमेन्ट बैंक र सेन्चुरी कमर्सियल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै मितेरी डेभलपमेन्ट, माछापुच्छ्रे, सनराइज, मेगा, नेपाल बंगलादेश, कुमारी, ग्लोबल आइएमई, महालक्ष्मी विकास बैंक, सिटिजन्स, नेपाल क्रेडिट एण्ड कमर्स, सिभिल, लक्ष्मी, मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतले वृद्धि भएको छ ।

आइतबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर किनबेच भएको छ। दिनभरीमा ५१ करोड ६४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

त्यस्तै १० प्रतिशत बोनस सेयर लिन कुमारी बैंकको ४० करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ । कुमारी कैंकको आज बुक क्लोज परेकाले सर्वाधिक किनबेच भएको थियो ।

प्रभु र नबिल बैंकको ३३÷३३ करोड रुपैयाँको सेयर किनबेच हुँदा नेपाल बैंकको ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको २७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

दिनभरीमा २०० कम्पनीको सेयर किनबेच हुँदा १०२ कम्पनीको मूल्य बढेको छ भने ५६ वटा कम्पनीको मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आइतबार विशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले भने घट्ने क्रममा सर्किट ब्रेकर लागेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।