logo

नवीकरण शुल्क नबुझाएपछि नेप्सेले रोक्यो २५ कम्पनीको सेयर कारोबार 

    1946   पटक पढिएको


२ कात्तिक/अर्थर व्यापार– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज आइतबारबाट २५ कम्पनीको सेयर कारोबारमा रोक लगाएको छ । 

नेप्सेमा सूचीकृत कम्पनीले वार्षिक रूपमा तिर्नुपर्ने नवीकरण शुल्क नबुझाएपछि ति कम्पनीहरुको सेयर कारोबारमा रोक लगाएको हो । 

नवीकरण शुल्क नबुझाएपछि कारोबार रोक्का हुने कम्पनीहरुमा दोस्रो बजारमा सेयर कारोबार भइरहेका हिमाल दोलखा हाइड्रो, मल्टिपर्पोज फाइनान्स, हिमालयन डिष्टिलरी, जोशी हाइड्रो, नेपाल हाइड्रो लगायतका कम्पनीहरू छन् । 

कारोबार रोक्का हुनेमा अधिकांस नेप्सेमा सूचीकृत भएर पनि लामो समयदेखि कारोबार नभएका कम्पनीहरु रहेको नेप्सेले जनाएको छ ।

जसमा रघुपति जुट मिल्स, गोरखाली रबर, हरिसिद्धि इँटा तथा टायल, अरुण वनस्पति, विराट सुज लिमिटेड, बुटवल स्पिनिङ मिल्स, नेपाल वेयलफेयर कम्पनी, नेपाल ट्रेडिङ, नेपाल फिल्म डेभलपमेन्ट कम्पनी, फ्युलर हिमालयन, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, श्री राम सुगर मिल्स, ज्योति स्पिनिङ मिल्स लगायतका लामो समयदेखि दोस्रो बजारमा कारोबार नभएका कम्पनी रहेका छन् ।  

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनासम्ममा सूचीकरणको नवीकरण शुल्क नबुझाउने कम्पनीहरुको सूचीकरण तथा कारोबार स्थगित गरेको जनाएको छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार ५० करोड रुपैयाँ बराबरको सेयर सूचीकरण भएको कम्पनीले वार्षिक रूपमा ५० हजार रुपैयाँ र त्यसभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ नवीकरण शुल्क वापत बुझाउनुपर्ने व्यवस्था छ ।

कारोबार रोक्का भएका कम्पनीले सूचीकरण नविकरण शुल्क बुझाउने बित्तिकै कारोबार खुला हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।